Wednesday, May 18, 2011

यश कुमारलाई गीत गाउन दिएनछन्

चलचित्र बाटो मुनिको फूलबाट नायक तथा निर्माताको पगरी गुथेका गायक यश कुमारले यो चलचित्रको सफलता सँगै अन्य चलचित्रमा पनि काम पाउन थालेका छन् । धेरैले बाटो मुनिको फूललाई मन पराए । राम्रो भएको प्रतिक्रिया दिए । उनीसँगै चलचित्रको सिंगो युनिटको तारिफ पनि भयो । हुन त यो चलचित्रबाटै नायक बनेका गायक बाबु बोगटीले पनि यस पछि केही चलचित्रमा अभिनय गरिसकेका छन् । तर अहिले कुरा गरौ नायक तथा गायक यश कुमारकै । यश कुमारले बाटो मुनिको फूल पछि चलचित्र वीरमा अभिनय गर्दैछन् । बाटो मुनिको फूलमा यशकी नायिका रेखा थापा थिईन् भने वीरमा पनि रेखा नै छिन् । तर निर्देशक, निर्माण युनिट र अन्य कलाकार भने फरक छन् । आखिर निर्माण युनिट र प्राबिधिक जो भए पनि के भो र अभिनय त अभिनय नै हो । यशले पनि चलचित्रमा अभिनय गरे । तर जब उनि सुटिङमा पुगे तब थाहा पाए मुलधारका नेपाली चलचित्रको बास्तबिक कहानी ।

चलचित्र छायाँकनका क्रममा आउने बाधा ब्यवधान र अफ्ठ्यारा परिस्थितीको हैन उनले थाहा पाए चलचित्रको कथा, सम्बाद र संगीतको स्थिती । यहि क्षेत्रमा लागेको मान्छेले बास्तबिक कुरा थाहा पाए त के भो ? भन्न जति सजिलो भए पनि व्यवहारमा यशलाई त्यति सजिलो लागेन । भन्छन्, 'किन नेपाली चलचित्रले फड्को मारेन भनेको त यस्तै यस्तै कारणले पो रैछ ।' के रैछ त त्यस्तो कारण ? बुझ्दै जाँदा थाहा भयो निर्माण युनिटले उनलाई गीत गाउन दिएनछन् ।

यशले त दिपक लिम्बुको स्वरमा लिप्सीङ दिए रे ! कस्तो बिडम्बना ? उनि भन्छन्, 'बलिउड र हलिउडमा पनि गायक गायिकाहरु फिल्म खेल्छन् तर उनिहरु आफुले नाच्ने गीतमा आफै स्वर दिन्छन् । मैले त दिपकको स्वरमा लिप्सीङ दिनु पर्‍यो ।' यति मात्रै हैन यशको गुनासो अझै धेरै छ । उनि भन्छन्, 'चलचित्रमा सुरेश अधिकारीको संगीत छ । मलाई त गीत सुन्दा हिन्दी फिल्मका गीतसँग हुबहु मिलेको लाग्यो । एउटा मात्रै हैन चलचित्रका सबै गीतहरु हिन्दी सँग मिल्छन् ।'  आफूले यो कुरा निर्माण युनिटलाई भन्दा उनीहरूले यस्तै गीत नै हिट हुने गरेको बताएछन् । निर्माण युनिटको कुरा सम्झँदै उनी भन्छन्, 'संगितकारलाई आफ्नो सृजना गर्न पनि दिइदो रहेनछ यहाँ त । निर्माण युनिटले भने जस्तै संगीत तयार पार्दा संगीतकारलाई पो असर पर्ने रै'छ ।'

यश कुमार अभिनित यस चलचित्रलाई दिपक श्रेष्ठले निर्देशन गरेका छन् । रम्भा ओलीले निर्माण गरेको चलचित्रको चैत्र दोस्रो साताबाट छायाँकन शुरु गरिएको थियो । सो चलचित्रको दाङ, पोखरा र काठमाडौमा छाँयाकन गर्दा गर्दै बिचैमा स्थगित गरीएको छ । चलचित्रको छायाँकन कहिले सकिन्छ भन्ने कुरामा सबै जना अन्यौलमा छन् ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.