Monday, July 18, 2011

दर्शकहरूले घरमै बसेर सम्झिदिएका छन्

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'सम्झिदिए पुग्छ' लाई दर्शकहरूले घरमै बसेर सम्झिदिएका छन् । अर्थात चलचित्रले आशा लाग्दो व्यापार गर्न सकेन । चलचित्रको व्यापार राम्रो नभएपछि पुन: चलचित्र निर्माताहरूमा निराशाको कालो बादल छाएको छ ।

चलचित्र सम्झिदिए पुग्छलाई पनि मात खुवाउने गरेर यस बर्ष केहि चलचित्रले पानी पनि नमागेको सत्य हामी सँग छ नै । तर अहिलेको नयाँ आर्थिक बर्षको शुरूवातमा प्रदर्शन भएको चलचित्र 'सम्झिदिए पुग्छ' ले दर्शकलाई हलसम्म तान्न सकेन । यो चलचित्र साउने भेलसँगै बगेर गएको चलचित्रका बितरक सुनिल मानन्धर बताउँछन् । उनका अनुसार ४ दिनको व्यापार करिब आठ लाख रहेको छ । एक दर्जन भन्दा बढि हलमा प्रदर्शन भएको सो चलचित्रले आठ लाख कलेक्सन गर्नु खासै राम्रो नभएको सुनिल बताउँछन् ।

चलचित्रले सोचे अनुरूपको व्यापार गर्न नसकेपछि अहिले निर्माता सुरज प्रधान सम्पर्क बाहिर छन् । सुनिल मानन्धर भन्छन्, 'चलचित्र रिलिज भएदेखि निर्माताको अत्तोपत्तो नै छैन ।' यसरी निर्माता नै फरार भएपछि सञ्चारकर्मीहरू पनि उनी प्रति आक्रोशित भएका छन् । यता सञ्चारकर्मी निर्मातासँग क्रुद्व भएका छन् भने नायक राजबल्लभ कोईरालाई अर्को नराम्रो झट्का लागेको छ । राम्रो अभिनेताको रूपमा चिनिएका राजको यो चलचित्र पनि असफल भईंदिदा उनको लिस्टमा अर्को असफल चलचित्रको नाम दर्ता भएको छ ।

एक महिना २८ दिनमा काम सकेर प्रदर्शन गर्न लागिएको सो चलचित्र खासै नराम्रो भएपनि दर्शकहरू भने हलसम्म पनि पुगेनन् । छोटो समयमा निर्माण गरिएको र प्रचार प्रसारको अभावले गर्दा दर्शकहरू हलसम्म नपुगेको चलचित्रकर्मीको अनुमान छ । जेष्ठ २ गते छायाँकन शुरू गरेर असार ३१ गते रिलिज हुन लागेको चलचित्र 'सम्झिदिए पुग्छ' सम्भवत: सबैभन्दा छोटो समयमा निर्माण गरेर प्रदर्शन गर्न लागिएको चलचित्र हो । सुरज प्रधानले निर्माण गरेको चलचित्र 'सम्झिदिए पुग्छ' लाई जनक खकुरेलले निर्देशन गरेका हुन् । निर्देशक खुकुरेलको डेब्यू चलचित्र 'सम्झिदिए पुग्छ' मा राजबल्लभ कोईराला, युना उप्रेती, दिनेश थापा, करन क्रेजीको मुख्य भुमिका रहेको छ ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.