Monday, July 4, 2011

बिराजले रेखाको रोलमा हेरफेर गरे मात्र आफूले अभिनय गर्ने

नायिका रेखा थापा र नायक बिराज भट्टले एकसाथ एउटै चलचित्रमा अभिनय नगरेको लामो समय भयो । टंक लम्सालको चलचित्र 'प्रहार' पछि यो जोडीलाई पर्दामा देखिएको छैन र अब देखिनेवाला पनि छैनन् । कारण यि दुई बिचको पानी बाराबारले उग्र रूप लिएको छ । पछिल्लो घटनाले अझ यि दुई जीन्दगी नबोल्ने अवस्थामा पुगेका छन् ।

कुरा हो निर्माणाधिन चलचित्र 'आई लभ यू टु' को । कलाकार कमलकृष्णले निर्देशन गर्ने भनिएको सो चलचित्रमा बिराज भट्ट र रेखा थापाले अभिनय गर्ने भनिएको थियो । चलचित्रमा अभिनय गर्न दुबै राजी पनि भएका थिए । कमलकृष्णले रेखालाई अग्रिमेन्ट गरिसकेका थिए भने बिराजसँग मौखिक अग्रिमेन्ट भएको बुझिएको थियो ।

भारत तिर पसेका बिराज 'आई लभ यू टु' मा अभिनय गर्ने सोच बनाएर निर्देशकसँग स्क्रिप्ट पढ्न मागेछन् र स्क्रिप्ट पढिसकेपछि बिराजले रेखाको रोलमा हेरफेर गरे मात्र आफूले अभिनय गर्ने बताएछन् । अझ स्रोतले बताए अनुसार त बिराजले रेखाको ठाउँमा अर्कै नायिकालाई राख्नु पर्ने समेत बताएका थिए रे । तर बिडम्बना बिराजको यहि बोलीले नै रेखासँग झन दुस्मनि बढेको छ ।

बिराजले आफ्नो रोक काट्न आदेश दिएको खबर रेखाले सुने पछि अहिले रेखाको पारो चढेको छ । अब त रेखा जुन कुनै हालतमा बिराजसँग अभिनय नगर्ने पक्षमा छिन् । यता निर्देशक कमलकृष्णले बिराजलाई हटाएर अर्कै नायक राख्ने बताएका छन् । बिराज र रेखा अभिनय गर्ने भनेर युनिटले यि दुईको नाम राखेर पोस्टर समेत बनाईसकेको थियो । तर अब निर्देशक कमलकृष्णले बिराजसँग काम नगर्ने मुडमा रहेको बुझिएको छ । चलचित्र नै रेखामा आधारित रहेकोले स्क्रिप्ट चेन्ज गर्नु भन्दा नायक नै चेन्ज गर्नु राम्रो हुने भएकाले कमलकृष्णले बिराजलाई हटाएर अर्कै नायकको खोजी गरेको बताए ।

यता बिराज भट्टले आफूलाई चलचित्रबाट निकालेको र चलचित्रका निर्माता अमृतकुमार श्रेष्ठले ज्यानको धम्की दिएकोले प्रहरीमा उजुरी समेत दिएका छन् ।  महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकामा बिराजले उजुरी दिएपछि निर्माता श्रेष्ठलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो ।
सेन्चुरी फिल्म्सको व्यानरमा निर्माण हुन लागेको चलचित्र 'आई लभ यू टु' मा रेखा थापा, कमलकृष्ण, हरि हुमागाईं र नवप्रस्तुतीको रूपमा निर्मल सेन्चुरी बाहेक अन्य कलाकार फाईनल भएको छैन । चलचित्रको छायाँकन भने साउन महिनाको दोस्रो या तेस्रो साताबाट शुरू गरिने भएको छ ।
Movie Poster only @ AbroadNepali

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.