Wednesday, July 13, 2011

चलचित्र 'आइ लभ यु टू'को लफडा

चलचित्र निर्माण नहुँदै 'आइ लभ यु टू'को लफडा नयाँ चरणमा पुगेको छ । यस्तो लफडा जसले निर्देशक त निकाल्यो-निकाल्यो सिनेमाको स्वामित्व अर्कैको हातमा पुर्‍याइदिएको छ । सुटिङ सुरु हुनै लाग्दा निर्देशकले अत्तो थापेपछि निर्मातालाई तीन लाख र समयको क्षति भएको छ ।  ती निर्माताका अनुसार निर्देशक कमलकृष्णले ६ लाख पारिश्रमिक र सिनेमाको १५ प्रतिशत मुनाफा सेयर खोजेपछि 'आइ लभ यू टु'बाट सेन्चुरी फिल्मसले हात झिकॆको हो ।

अब यो चलचित्रलाई रेखा फिल्मसले निर्माण गर्नेछ । निर्माण कम्पनी सेन्चुरी फिल्मसको चार लाख क्षतिपूर्तिसहित रेखा फिल्म्सले बुधबार स्वामित्व लिएको छ । रेखा फिल्मसका छवि ओझा र सेन्चुरी फिल्मसका निर्मल सेन्चुरीले चलचित्र विकास बोर्डमा स्वामित्व पत्रमा हस्ताक्षर गरे । 'सुटिङ सुरु हुन लाग्दा निर्देशकले नयाँ-नयाँ र नसक्ने अत्तो थापेपछि किचकिच गर्नुभन्दा स्वामित्व नै दिएका हौं' हस्ताक्षरपछि निर्माता सेन्चुरीले भने 'नसक्ने भएपछि उपाय नै छैन ।' सेन्चुरीले बुधबारै चलचित्र विकास बोर्डमा 'पुरानो हुँदैन माया' नामक नयाँ चलचित्रको नाम दर्ता गराएका छन् ।,नयाँ चलचित्रको निर्देशन दीपक श्रेष्ठले गर्नेछन् । निर्माता सेन्चुरी हिरो र सुष्मा कार्की तथा जिया केसी हिरोइनका रुपमा अनुबन्धित भैसकेका छन् । स्रोतका अनुसार रेखा फिल्मसले निर्माण गर्ने 'आइ लभ यु टू'को निर्देशक टुंगो छैन ।
हिरोइनमा रेखा थापा, हिरोमा सविन श्रेष्ठ र किशोर खतिवडा रहने बताइएको छ । निर्देशक कमलकृष्णका कारण 'आइ लभ यु टू'को स्वामित्व हस्तान्तरण र आफै निकालिएको घटना भने पहिलो होइन यसअघि आफैले सिफारिस गरेका हिरो विराज भट्टलाई उनले निकालेका थिए । जुन घटना अमृतकुमार श्रेष्ठ र बिराजबीचको पुलिस लफडासम्म पुग्यो ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.