Thursday, July 7, 2011

प्रशान्त तामाङपछि अब आर्यन सिग्देल

Nepali Movie PosterNepali Movie Posterएउटै स्टारको चलचित्र एकैदिन रिलिज हुने प्रवृत्तिले स्वदेशी सिनेमा ग्रसित हुन थालेजस्तो छ । राजेश हमाल, रेखा थापा, विराज भट्ट, प्रशान्त तामाङपछि अब पालो आर्यन सिग्देलको । आर्यन स्टारर सिनेमा 'के यो माया हो' र 'सपना' दुबैले साउन २० गते रिलिजको मिति तय गरेका छन् । 'गोर्खापल्टन'मा प्रशान्तले कमाएको साखलाई उनी अभिनित पछिल्ला दुई सिनेमा 'किन मायामा' र 'अँगालो यो मायाको'ले ह्रास तुल्याइदिएका दिए । प्रशान्त स्वयम यसबारे कुनै टिप्पणी गर्न चाहन्नन् । लभरव्वाइ आर्यन पछिल्लो समय यस्तै समस्याबाट गुज्रीएका छन् । आफूले अभिनय गरेका दुवै सिनेमा एउटै मितिमा रिलिज हुने भएपछि आर्यनलाई पब्लिसिटी र जुधाइको समस्या परेको छ । 

सकेसम्म फिल्मै जुधाउनु निर्माताका लागि राम्रो होइन । त्यसमा पनि एउटै कलाकारको फिल्मलाई आमने सामने तुल्याइदिँदा उक्त कलाकारको करियरको स्वभाविक चिन्ता पैदा हुन्छ । जसको प्रष्ट्याइँ प्रशान्त तामाङका दुई सिनेमा जुधाउँदा भयो । 'सकेसम्म नजुधाउने प्रयास गरिरहेका छौं' आर्यनले भने 'म चाहन्छु मैले नै खेलेका दुवै फिल्म नजुधुन् ।' निर्देशक सुदर्शन थापा पनि दुवै सिनेमालाई नजुधाउनेतर्फ पहल गरिरहेको बताउँछन् । ती दुवै सिनेमामा आर्यन लभरव्वाइको भूमिकामा छन् । सपनामा उनको एक्सन कला पनि देख्न पाइन्छ । फिल्म जुधाउँदा स्वदेशी सिनेमा र सम्बन्धित कलाकारका दर्शकहरु बाँडिने हुनाले कलेक्सनमा बाधा पुग्छ जसको असर निर्माताले खेप्नुपर्छ । यसका लागि उनी दौडधुपमै व्यस्त छन् किनभने एकवर्ष यता उनका कुनै पनि फिल्म रिलिज भएका छैनन् । यसैबीच आर्यनले आफू निशा अधिकारीसँग फिल्म नखेल्ने भनेर मिडियामा प्रसारित समाचारलाई आधारहिन भएको उल्लेख गरेका छन् । आफ्नो फेसबुक भित्तोमा आर्यनले अफवाहमा विश्वास नगर्न पनि भनेका छन् ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.