पर्दामा मात्र देखिने चर्चित कलाकारलाई प्रत्यक्ष आफ्नै अगाडी देखेपछि दर्शकमा उत्साह देखिनु स्वाभाविक नै हो । एउटा मात्र चलचित्र रिलिज भएर पनि दर्शकले निकै चासो दिनु अचम्मको कुरा हो । कुरा हो नायिका सुमिना घिमिरेको । तेस्रो सातामा प्रदर्शन भईरहेको नेपाली कथानक चलचित्र 'दुलही' को प्रतिक्रिया बुझ्न धरानको गणेश टाकिजमा पुगेकी नायिका सुमिना घिमिरेलाई दर्शकले देख्ने बित्तिकै घेरा हाले अनि उनीसँग तछाड मछाड गरेर फोटो पनि खिच्न थाले । नायिका घिमिरेको अभिनयवाट प्रभावित भएका दर्शकले उनलाई करिब आधा घण्टा सम्म घेरा हालेका थिए ।
पहिलो पटक पूर्व आएकी नायिका घिमिरे दर्शकको माया पाएर निकै हर्षित देखिन्थिन् । प्रतिक्रियाको लागी निर्देशक बाबुराम ढकाल, संगीतकार अष्ट लामा र गायक राम बहादुर बाडे सहित हलमा आएकी नायिका घिमिरेले दर्शकसँगै बसेर चलचित्र हेरेकी थिईन् । चलचित्र हेरी सकेपछि दर्शकको राम्रो प्रतिक्रिया पाएका निर्देशक ढकालले 'दुलही २' पनि निर्माण गर्ने बताए । साथै उनले पूर्वी नेपालका हलहरूमा चलचित्रले राम्रो व्यापार समेत गरको प्रतिक्रिया दिए ।
नायिका घिमिरे चलचित्रको शिर्ष भुमिकामा प्रस्तुत भएकी छिन् । सुमिनाका अलावा चलचित्रमा राजेश हमाल र मुकेश ढकालको पनि मुख्य भुमिका रहेको छ । चलचित्रलाई हर्षिता केसीले निर्माण गरेकी हुन् ।















Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.