Tuesday, July 12, 2011

आफुले चाहेको व्यक्तिसँग हैन आफुलाई चाहने ब्यक्तिसँग जीवन बिताउनुहोस

माया गर्नु र माया पाउनु दुई फरक कुरा हुन् । मन लागे माया गर्न सकिन्छ तर आफुले चाहदैमा कसैको माया पाउन गाह्रो हुन्छ । त्यसैले होला चलचित्र श्रीमान् श्रीमती भन्दैछ तपाई आफुले चाहेको व्यक्तिसँग हैन आफुलाई चाहने ब्यक्तिसँग जीवन बिताउनुहोस । त्यो जीवन नै खुसमय, सफल र उदाहरणीय बन्न सक्छ ।

मुनाल घिमिरेद्वारा निर्मित चलचित्र श्रीमान् श्रीमती यहि भदौ २ गतेबाट देशभर एकैसाथ प्रदर्शन हुँदैछ । पारिवारिक प्रेमकथामा आधारित चलचित्र श्रीमान् श्रीमती त्रिकोणात्मक लभ स्टोरी चलचित्र हो जसलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । श्रीमान् श्रीमती कसरी एकै रथका दुई पांग्रा अनि एक सिक्काका २ पाटा हुन् भन्ने बारे चलचित्र केन्द्रीत रहेको निर्माता घिमिरेको भनाई छ । उनका अनुसार आफुले निर्माण गरेको यस अघिको चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छ भन्दा पनि यो चलचित्र उनलाई मन परेको चलचित्र हो ।

चलचित्रमा नायक श्रीकृष्ण श्रेष्ठ श्रीमानको रुपमा प्रस्तुत हुदैछन् भने उनकी श्रीमती स्वेता खड्का हुन् वा सरिता लामीछाने त्यो कुरा चलचित्र हेरी सकेपछि मात्र थाहा हुने निर्माता घिमिरेको भनाई छ । चलचित्रमा यि तीन कलाकारको साथमा मुकेश ढकालको पनि मुख्य भुमिका रहेको छ ।
 

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.