Tuesday, May 17, 2011

दशैंको अवसर पारेर प्रदर्शन गर्ने भनिएको चलचित्र 'संसार आफ्नै'

दशैंको अवसर पारेर प्रदर्शन गर्ने भनिएको चलचित्र 'संसार आफ्नै' को अडियो गीत र पोस्टर मंगलबार सार्वजनिक गरिएको छ । गीत र पोस्टर सार्वजनिक गर्दै निर्माता शाहीले आज बुद्व जयन्ती भएकोले देशमा शान्ती छिट्टै आओस् भन्ने कामना समेत गरेका छन् । मानिसको जीवन घट्ने घटनाहरूलाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको प्रेमकथामा आधारित यस चलचित्रले शान्तीको सन्देश समेत छर्ने शाहीको भनाई छ । सार्वजनिक गरिएको गीतमा बसन्त सापकोटाको संगीत, स्वरूपराज आचार्यको स्वर तथा बिपिन किरणको गीत रहेको छ ।

ग्रामीण र सहरी दुवै परिवेश बोकेको चलचित्र 'संसार आफ्नै' लाई रञ्जित रानाले निर्देशन गरेका हुन् । झरना थापा, गोविन्द शाही, सुमन सिंह, कमलकृष्ण, जेनी कुँवर, ममता प्रधान, शुभेच्छा थापा, सरोज केसीलगायतको अभिनय रहेको सो चलचित्रलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । अर्थात १६ बर्ष मुनिका बालबालिकाले सो चलचित्र हेर्न जाँदा आफ्ना अविभावकलाई लिएर जानुपर्ने हुन्छ । किन लाने त अविभावक ? निर्देशक राना भन्छन्, 'चलचित्रमा प्रयोग गरिएका केहि संवेदनशिल दृश्य र कथा बुझ्न उनीहरूले अविभावकको सहारा लिनुपर्ने हुन्छ ।'

युवराज राईको छायांकन, बसन्त सापकोटा, तारा प्रकाश लिम्बु र चेतन/सूर्यको संगीत, योगेश रायमाझीको कथा, कविराज गहतराजको नृत्य तथा अष्ट महर्जनको द्वन्द रहेको सो चलचित्र शिब शंकर फिल्म्स प्रोडक्सनको व्यानरमा निर्माण भएको हो । काठमाडौं, धादिङ, कुलेखानी, गोरखा, नुवाकोट, चित्लाङलगायतका स्थानमा चलचित्रको छायाँकन गरिएको हो ।

निर्माता शाहीले यस अघि चेलिबेटी बेचबिखनबारे चलचित्र 'कहाँ छौ कहाँ' निर्माण गरेका थिए । जुन चलचित्रले राम्रै चर्चा पाएको थियो । 'कहाँ छौ कहाँ' बाट उत्साहित भएर दोस्रो चलचित्र 'संसार आफ्नै' निर्माण गरेका शाहीले निर्देशक शिब रेग्मीलाई लिएर तेस्रो चलचित्र निर्माण गर्दैछन् । जुन चलचित्रको छायाँकन साउन महिनामा गरिने भएको छ ।
Listen Mp3 Song of this Movie:


Movie Poster:

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.