Sunday, April 10, 2011

सुरुआत सुखद, समाप्ती दुःखद

Ghatakवर्षको समाप्ती स्वदेशी सिनेमाका लागि सुखद हुन सकेन । प्रदर्शनमा आएका चारैवटा सिनेमाले औषत ओपनिङका साथ मिश्रित कलेक्सन गरिरहेका छन् । राजेश हमाल, बिराज भट्ट, रेखा थापा स्टारर 'प्रहार', बिराज, मुकेश ढकाल, अरुणिमा लम्साल स्टारर 'निगरानी', राजवल्लभ, गरिमा स्टारर 'प्रीतिको फूल' पहिलो साता प्रदर्शन भैरहेका छन् । वितरक डिजिटल सिनेमा नेपालका अनुसार दोस्रो साता प्रदर्शन भैरहेको 'निगरानी' ३५ लाख ग्रसमा छ । बिग स्टारर 'प्रहार' १५ लाख ग्रसमा पिकअपरत छ । गोपीकृष्ण मूभिजको 'प्रीतिको फूल'ले राम्रो रिभ्यू त बटुलिरहेको छ तर उसका लागि व्यवसायिक पाटो औषत छ । यो सिनेमाले पहिलो साता प्रहारको समकक्षतामा आफूलाई उभ्याएको छ । अशोक श्रेष्ठ निर्देशित 'आत्मा'ले त आफूलाई ४ लाख ग्रस सीमित तुल्यायो ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.