Wednesday, April 13, 2011

मल्लिकाको मनमा राजेश हमाल

यति धेरै मान्छेहरूको भिडमा एउटा मान्छे छ मेरो मनमा सायद यो गीत गाउने गायिकाको नाम त सुन्नु नै भएको छ होला । सुन्नु भएको छैन भने अब थाहा पाउनु हुनेछ । हो। सो गीत गाउने गायिका हुन् 'मल्लिका कार्की । मल्लिकाको सो गीत निकै चर्चित भयो । उनले सो गीत किन गाईन् त ? 

जब उनी जब-जब उक्त गीत गाउँथिन् तब तब उनको मनमा बस्ने को होला भनि शंकाहरू उत्पन्न पनि हुन्थे । तर गायिका मल्लिकाले मंगलबार राजधानीमा आयोजित बक्स फिल्म अवार्ड कार्यक्रममा सो रहस्य खोलिन् ।
सो समारोहमा गीत गाउने क्रममा गायिका कार्कीले सानोमा महानायकलाई बिहे गर्ने सोच बनाएको खुलासा गरेपछि उनको गीत महानायककै लागी हुनसक्ने अनुमान लगाईएको छ ।

समारोहमा बोल्दै गायिका कार्कीले भनिन्, 'सानोमा राजेश दाईको चलचित्र युगदेखि युगसम्म हेरेर नै मैले उहाँसँग बिहे गर्ने सपना बुनेकी थिएँ तर आमाले मेरो कुरा सुन्नु भएन र मैले दुई दिन सम्म भात पनि खाईन ।' मल्लिकाले यति के मात्र भनेकी थिईन् समारोहमा उपस्थित अतिथी र दर्शकहरू हाँसे तर महानायक भने मल्लिकाको कुरा सुनेर लजाए । उनलाई आडमा बसेका संगीतकार शम्भुजित बाँस्कोटा र निर्देशक आकाश अधिकारीले जिस्काए पछि त उनी झन् लजाए । गायिका मल्लिकाले 'यति धेरै मान्छेहरूको भिडमा एउटा मान्छे छ मेरो मनमा...' बोलको गीत गाउनु र सयौं दर्शकको अगाडी महानायकसँग सानोमा बिहे गर्ने सोच बनाएको कुरा सार्वजनिक गर्नुले कतै उनको मनमा अझै पनि महानायकले बास त गरेका छैनन् ? के साँच्चिकै महानायक नै करोडौं नेपालीहरूको भिडमा मल्लिकाको मन पर्ने मान्छे हुन् त ? आशा गरौं यो प्रश्नको उत्तर छिट्टै नै सुन्न पाईने छ ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.