केहि समयअघि छायाँकन समाप्त भएको दिपक रौनियार निर्देशित सिनेमा ‘हाईवे’मा बार डान्सरको भुमिकामा अभिनय गरेकी नायिका ऋचा शर्मा अब पुलिस इन्सपेक्टर बन्ने सुरमा छिन् । महिला सम्बन्धि जनचेतना प्रदान गर्ने उद्देश्यले प्रभात झाले निर्माण गर्न लागेको एक डकुमेन्ट्रीमा ऋचा रक्षा सिँह नामक पुलिस इन्सपेक्टरको भुमिकामा देखिदै छिन् ।
जम्मा पैतालिस मिनेट लामो हुने उक्त डकुमेन्ट्रीमा उनको भुमिका पन्ध्र मिनेटको रहनेछ । ‘हाईवे’को छायाँकन समाप्त गरे पश्यात् हाल आफु अन्य सिनेमामा अभिनय गर्नका लागि स्क्रिप्ट हेर्नमा ब्यस्त रहेको ऋचाले बताईन् । *** अब्रोद नेपाली को बधाई छ ऋचालाइ । ***
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.