
चैत्र महिनाको गर्मीसँगै पोखरा रंगशालामा उपस्थित दर्शकहरूलाई कलाकार र पत्रकार बिचको खेलले थप गरम नबनाउला भन्न सकिन्न । यस अघि पत्रकारहरू हाँस्यकलाकारहरूसँग पराजित भईसकेका छन् । काठमाण्डौको सानो गौचरणमा भएको पत्रकार र हाँस्यकलाकार बिचको खेलमा पत्रकार टिम हाँस्यकलाकारको टिमसँग ४-२ ले पराजित भएको थियो । जितसँगै हाँस्यकलाकारहरूले फाईनल खेलको यात्रा तय गरेका छन् ।
पोखरामा हुने कलाकार र पत्रकार बिचको खेलमा पत्रकारले जिते पुन: फाईनलमा हाँस्यकलाकारसँग पत्रकारहरूको भिडन्त हुनेछ । यदि पत्रकारहरू कलाकारसँग पराजित भए काठमाण्डौको दशरथ रंगशालामा कलाकारहरू हाँस्यकलाकारहरूसँग बक्स अफिस फुटबलको उपाधीका लागी अन्तिम प्रतिस्पर्धा गर्नेछन् । फाईनल खेल चैत २५ गते रामनवमीका दिन दशरथ रंगशालामा भब्यताका साथ आयोजना हुने छ र बिजेताले नगद रू पाँच लाख हात पार्ने छ ।
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.