Thursday, March 24, 2011

फिफा वर्ल्ड कपको बिषयमा चलचित्र बन्ने

खेलको राजा फुटबलको चाड मानिने फिफा वर्ल्ड कपको बिषयमा चलचित्र बन्ने भएको छ । 'फिफा वर्ल्ड कप इन नेपाल' नाम राखेर निर्माण गर्न लागिएको चलचित्रको बिहिबार ललितपुर स्थित एन्फा मैदानमा मुहुर्त गरियो । चलचित्रको मुहुर्त एन्फाका अध्यक्ष गणेश थापाले फुटबललाई लात हानेर गरेका थिए ।


रामशरण पाठकको लेखन र निर्देशनमा बन्न लागेको सो चलचित्रमा हरेक चार बर्षमा आउने बिश्वकप फुटबलको बारेमा नेपाली युवाहरूको रूचि र उनीहरूले बुनेको सपनालाई मुख्य कथाबस्तु बनाईएको मुहुर्त कार्यक्रममा जानकारी गराईयो । नेपाली युवाहरू बिश्वकप फुटबलमा सहभागी हुन नसकेपनि आफूलाई अर्न्तराष्ट्रिय खेलाडीको रूपमा कल्पना गर्ने गरेको यथार्थ घटनालाई निर्देशकले चलचित्रको पर्दा मार्फत प्रस्तुत गर्ने जमर्को गरेका छन् । चलचित्रमा १६ बर्ष मुनिका बच्चाहरू मुख्य भुमिकामा प्रस्तुत हुँदैछन् ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.