AbroadNepali...भनिन्छ कुनैपनि चलचित्रको संगीतमा मिठास छ भने सो संगीतले चलचित्रको ब्यापारमा पनि महत्वपुर्ण भूमिका खेल्न सक्छ । यस्ता थुप्रै उदाहरणहरु छन् जुन चलचित्रको गीतसंगीत श्रोता दर्शकको मुखमा झुण्डिए पछि सफल ब्यापार गर्न सफल भएका छन् । सिलसिला, नाई नभन्नु ल, कहाँ भेटिएला आदि चलचित्रलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ ।
यति बेला फेरी पनि प्रदर्शनपूर्व नै एक चलचित्रको गीतसंगीतले पूर्वेली दर्शक श्रोताको मन जितिरहेको छ र त्यो चलचित्र हो निगरानी । शुशिल पोख्रेलको निर्माण र राजेन्द्र उप्रेतीले निर्देशन गरेको चलचित्र निगरानीमा बसन्त सापकोटाले सूमधुर संगीत दिएका छन् । चार गीत समाविष्ट चलचित्रमा संन्तोष लामा र प्रविशा अधिकारीले स्वर दिएको शिर्ष गीत यतिवेला पूर्वमा नेपाली चलचित्रको काउण्टडाउन बज्ने एफ एमका कार्यक्रमहरुमा शिर्ष स्थानमा कब्जा जमाई रहेको छ । गीतसंगीतबाट राम्रै चर्चा पाउन सफल निगरानीले दर्शकमाथी कत्तिको निगरानी राख्न सफल हुने हो त्यो त चलचित्र प्रदर्शन पछि नै थाहा हुनेछ ।
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.