Thursday, March 10, 2011

'आई एम सरी' को छायाँकन शुरू

AbroadNepali...अबरूद्व चलचित्र 'आई एम सरी' को छायाँकन यहि फाल्गुन २१ गतेबाट शुरू भएको छ । करिब नौ महिना अगाडी छायाँकन शुरू गरिएको सो चलचित्रको छायाँकन राजधानीका बिभिन्न स्थानमा भईरहेको छ ।

अहिले चलचित्रको छायाँकन बालाजु स्थित चलचित्र विकाश कम्पनीको ल्याबमा सेट लगाएर गरिंदैछ । बिहिबार ल्याबमा रातभर छायाँकन गरेर शुक्रबार ब्रेक गरी शनिबार किर्तिपुरमा चलचित्रको छायाँकन गरिने निर्माता हरि महतले फिल्मीखबरलाई जानकारी दिए । करिब ३० % छायाँकन गर्न बाँकी रहेको सो चलचित्रको २० दिन भित्रमा छायाँकन सकि छिट्टै नै दर्शकमाझ ल्याउने निर्देशक दिनेश राउतले जानकारी दिए ।

सच्चा प्रेम जहिले पनि चिरस्थायी र सफल हुन्छ भन्ने यथार्थलाई प्रस्तुत गर्न खोजिएको सो चलचित्रमा आर्यन सिक्देल र केकी अधिकारी प्रमुख भुमिकामा छन् ।
यि दुई कलाकारको साथमा श्याम अर्याल, निता ढुंगाना, विष्णु सापकोटा, अञ्जु केसीलगायतले अभिनय गरेका छन् । साहन मुभी मेकर्सको ब्यानरमा निर्माण भएको सो चलचित्रमा ताराप्रकाशको संगीत, प्रदीप भारद्वाजको लेखन, कविराज गहतराजको नृत्यनिर्देशन, पुरुषोत्तम प्रधानको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.