निर्देशक ऋषि लामिछानेले आफ्नो पछिल्लो प्रोजेक्टमा नायक श्रीकृष्ण श्रेष्ठ र मुकेश ढकाललाई अनुबन्धित गरेका छन् । प्रदिप उदयको निर्माणमा चैत्र महिनाको पहिलो साताबाट छायाँकन गर्ने भनिएको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' मा निर्देशक लामिछानेले नायक श्रेष्ठ र ढकाललाई केहि दिन अगाडी अनुबन्धित गरेका हुन् । भर्खरै मात्र चलचित्र 'श्रीमान् श्रीमती' को निर्माण सकेका निर्देशक लामिछानेले सो चलचित्रमा नायक श्रेष्ठ र ढकाललाई मुख्य भुमिकामा प्रस्तुत गराएका थिए भने मुकेशलाई ऋषिले चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ' मा पनि लिएका थिए । नायकद्वय श्रेष्ठ र ढकालको कामबाट प्रभावित भएपछि निर्देशक लामिछानेले यि दुई नायकलाई 'हाम्रो माया जुनी जुनीलाई' मा अनुबन्धित गरेको बुझिएको छ । यि दुई नायकसँगै सो चलचित्रमा नायिका नीता ढुंगाना, अभिनेता सुनिल थापा, निर्मल शर्मा, संगीतकार महेश खड्का, द्वन्दनिर्देशक रोशन श्रेष्ठ, करियोग्राफर गोबिन्द राई र सिनेमाटोग्राफर संजय लामा पनि अनुबन्धित भएका छन् ।
Monday, March 7, 2011
श्रीकृष्ण र मुकेशलाई ऋषिले दोहोर्याए
शिबम् अधिकारीको कथा रहेको सो चलचित्र प्रेमकथामा आधारित रहेर निर्माण गरिने निर्माता उदयले बताए । यता निर्देशक लामिछानेलाई भने निर्माता उदयले नै चलचित्रको निर्देशनका लागि ब्रेक दिएका हुन् । ऋषिले निर्माता उदयको चलचित्र 'कहीँ मिलन कहि बिछोड' निर्देशन गरेर नेपाली चलचित्र उधोगमा प्रवेश गरेका थिए । अहिले ऋषिले पुन: प्रदिपकै चलचित्र निर्देशन गर्दैछन् । यसरी बुझ्दा निर्माता उदयसँग ऋषिको ट्युनिङ मिलेको देखिन्छ भने निर्देशक ऋषिसँग नायक श्रीकृष्ण र मुकेशको ट्युनिङ मिलेको देखिन्छ ।
Labels:
News
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.