दोलखाको चरिकोट स्थित प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक भगवती मन्दिर को भवन निर्माणका लागी चलचित्र 'म तिम्रो भईसकें' को च्यारिटी शो गरिने भएको छ । चलचित्रको पहिलो शो नै सोही स्थानमा गरेर जम्मा हुन आएको सम्पूर्ण रकम सो मन्दिरको निर्माणमा खर्च गरिने निर्देशक बिकाश आचार्यले जानकारी गराए ।
दुई शो च्यारिटी गर्दा जति उठ्छ त्यति नै मात्रामा त्यहाँको नगरपालिका र जिल्ला बिकास समितीले रकम थप गरेर सो मन्दिरको झ्याल, ढोका लगायतका अन्य भौतिक कुरामा खर्च गर्ने तयारी भईरहेको निर्देशक आचार्यको भनाई छ । उनका अनुसार अहिले च्यारिटी गर्न नगरपालिका र जिबिससँग कुरा भईरहेको छ । आफूहरूले राखेको सर्त उनीहरूले माने छिट्टै नै च्यारिटी गरिने निर्देशक आचार्यले जानकारी गराए । केहि महिना अगाडी चलचित्रको छायाँकनका लागी ३ हजार ८ सय ४२ मिटर अग्लो कालिञ्चोक भगवती मन्दिर पुगेको युनिटले त्यहाँको रमणिय दृश्य क्यामेरामा कैद गरेको छ ।
दशैंको अवसर पारेर मोफसलबाट सार्वजनिक प्रदर्शन गर्ने तयारी गरिएको सो चलचित्रको डबिङ कार्य भोलीबाट शुरू गरिने भएको छ । वान टाइम्स सिनेमा प्रालिको व्यानरमा बिकाश आचार्यको लेखन, निर्माण तथा निर्देशन रहेको सो चलचित्रमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, उत्तम केसी, रामकृष्ण बजगाईं, बिज्ञान सापकोटा लगायतका कलाकारहरूले अभिनय गरेका छन् । नेपालमा चलचित्र 'काठमाण्डू' पछि दोस्रो पटक रेड क्यामेराले छायाँकन गरिएको सो चलचित्रलाई शम्भु सापकोटाले खिचेका हुन् । पूर्णतया प्रेमकथामा आधारित सो चलचित्र सांगितीक पक्ष निकै बलियो रहेको चलचित्रका संगीतकार बसन्त सापकोटाको दाबी छ ।















Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.