
प्रचारप्रसारको अभावले पछाडी परेको चलचित्र 'किन मायामा' को प्रचारप्रसारलाई तिब्र पार्न निर्माता समिर प्रधान र निर्दैशक चुन्नीलाल घिमिरे आइतबार काठमाण्डौ आएका छन् । प्राय चलचित्रमा खलनायकले नायिकालाई अपहरण गरेर बलात्कारको प्रयास गर्दै गर्दा जब नायक आउछ त्यति बेला नायिकालाई केही राहत मिले जस्तै दृष्यमा केही फरक पन आएको छ । प्रदर्शनको पूर्व सन्ध्यामा सिक्किमबाट काठमाण्डौ ओर्लेका निर्माता प्रधान र निर्देशक घिमिरेको उपस्थितीमा असार ८ गते राजधानीमा चलचित्रको अडियो बिमोचन गरिंदै छ ।
प्रचार देखि प्रदर्शन सबैको ब्यवस्था एक्लै गरिरहेका बितरक सुनिल मानन्धरले दिएको जानकारी अनुसार ८ गते अडियो बिमोचन गरिने र १० गते बिहान साढे १० बजे बालाजु स्थित अष्टनारायण हलमा चलचित्रको प्रिमियर गरिंने छ । बिभिन्न सञ्चार माध्यममा गीतहरु बजिरहे पनि औपचारीक रुपमा बुधबार मात्रै गीत सार्वजनिक गर्न लागीएको जानकारी दिदै मानन्धरले चलचित्रका गीतहरु कर्णप्रिय रहेको र दर्शकस्रोताहरूले निकै मन पराएको दाबी गरे ।
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.