Friday, June 24, 2011

अरूणिमा पनि आमा बन्दै

नायिका अरूणिमा लम्साल चलचित्रबाट टाढिएको कुरा सञ्चारमाध्यमा आएकै हो तर उनी किन टाढिईन् र कहिले सम्मका लागि भन्ने कुराको यकिन भने हुन सकेको थिएन । अहिले आएर उनले चलचित्र छाड्नुको रहस्य पत्ता लागेको छ । नायिका मेलिना मानन्धर आमा भएको एक बर्ष बित्न नपाउँदै अर्कि नायिका सञ्चिता लुईटेल पनि छिट्टै नै आमा बन्दैछिन् । नायिका सञ्चिता लुईटेल आमा बन्न लागेको खबर अधिकांश मिडियामा आएको भए पनि अर्की नायिका अरूणिमा लम्साल पनि आमा बन्न लागेको खबर धेरैलाई थाहा छैन । हो नायिका अरूणिमा आमा बन्दै छिन् । चलचित्र धडकनबाट एकाएक चर्चामा आएकी अरूणिमा आमा बन्न लागेको खबर पत्ता लागेपछि उनलाई बधाई दिनेको ओईरो लागेको छ ।

आज भन्दा ठिक ६ बर्ष अघि अमित अर्यालसँग प्रेम बिबाह गरेकी अरूणिमाको गर्भमा ४ महिनाको बच्चा हुर्किरहेको छ । केहि दिन अगाडी मात्र चेकअप गर्दा डक्टरले छोरी हुनसक्ने बताएको भन्दै अरूणिमाले अबको एक महिनामा भित्रमा छोरा या छोरी के हुन्छ त्यो कुराको यकिन हुने बताईन् । छोरा भएपनि या छोरी भएपनि आफू खुसी हुने भन्दै अरूणिमाले आमा बन्ने कुरा सस्पेन्स राख्न खोजेको तर धेरैले थाहा पाईसकेकाले सस्पेन्स राख्न नसकेको गुनासो पोखिन् । उनले भनिन्, 'मैले त सबैलाई एकै चोटी सरप्राईज दिन खोजेकी थिएँ तर हल्ला भईहाल्यो ।' 


बिहे गरेर नै चलचित्र क्षेत्रमा स्थापित भएको बताउने अरूणिमाले आमा बनेपछि झन् स्थापित हुने कुरामा बिश्वस्त छिन् । बच्चा जन्माउन ढिला भईसकेको बताउने यि नायिकालाई अझै केहि समय चलचित्रमा देख्न नपाईने भएको छ । तर पनि उनले पछिल्लो पटक अभिनय गरेको चलचित्र 'के यो माया हो' भने यहि श्रावण २० गते रिलिज हुँदैछ । जे होस् चलचित्रबाट केहि समयका लागि टाढिएकी अरूणिमालाई आमा बन्न लागेकोमा बधाई भने दिनै पर्छ । बधाई छ अरूणिमा जि !



0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.