Wednesday, June 22, 2011

सुमिना अबिबाहित हुन तर बिबाह भएको हल्ला चलेको छ

तपाई अबिबाहित हुनुहुन्छ तर बिवाह भएको हल्ला चल्छ । तपाईले गर्दै नगरेका कामको पनि तपाई दोषि हुनुपर्छ । अव भन्नुहोस त तपाई यस्तो अवस्थामा कस्तो महशुस गर्नु हुन्छ ? पक्कै पनि तपाईको अनुहारबाट कान्ति हराउँछ अनि मनबाट शान्ति हराउँछ । अझ कलाकारहरु जसलाई कयौंले चिन्दछन् र उनिहरुकै बारेमा यस्तो हल्ला चल्दछ भने त उनीहरु चिन्तीत नहुने त कुरै भएन । उनिहरुको अनुहारमा कान्ति छाउने र मनमा शान्ति छाउने कुरै भएन । तर पनि मनमा चोट लुकाएर देख्नेहरुका अघि हाँस्नै पर्ने बाध्यता हुन्छ । तर यो हाँसो भित्र कति पिडा लुकेको छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ ।

यस्ता नियतिबाट कलाकारहरु पनि मुक्त हुन सकेका छैनन् । भन्छन् नाम होसबदनाम होस् तर गुमनाम नहोस् । हामीले पटक पटक कलाकारहरु यस्ता घटनाका शिकार भएको सुन्दै आएका छौ  र यस्तै घटनाको पछिल्लो शिकार बनेकी छन् नायिका सुमिना घिमिरे । तर त्यहि नामका कारण हुने बदनाम कति असहृय हुन्छ त्यो भोग्ने लाई मात्र थाहा हुन्छ  र पछिल्लो समय यो पिडा भोगेकी छन् नायिका घिमिरेले । उनि अबिबाहित हुन तर बिबाह भएको हल्ला चलेको छ । यसै साता केही पत्रपत्रिकाले उनि बिवाहीत भएको समाचार प्रकाशन गरे पछि उनको दिनमा भोक रातमा निद हराएको छ । तर पनि उनि पिडा लुकाएर हाँस्ने प्रयास गरिरहेकी छिन् ।


 बुधबार दिउँसो एउटा कार्यक्रममा भेटिएकी सुमिना बाहिर त हाँसिन उनलाई हाँस्नै पर्ने बाध्यता थियो तर भित्री मन भने हाँसेको थिएन । कार्यक्रममा भेटिएकी सुमिना अन्य दिनको तुलनामा त्यति धेरै हाँसेको देखिएन । उनी हाँस्थिन् तर पिडा लुकाएर । 'मुटु माथी ढुंगा राखी हाँस्नु पर्‍याछ...' भन्ने गीत जस्तै भएको छ सुमिनालाई अहिले । एकातिर उनको बिबाह भइसेको खबर सुनेका हामी अर्कातिर सुमिनालाई मलिन अनुहारमा देखेपछि वास्तविकता बुझ्न तर्फै लाग्यौ । अनि सुमिनासँग वास्तविकता बुझ्दा उनले आफ्नो बिवाह भएको प्रमाणित गरे आफु चलचित्र क्षेत्र त्याग्न मात्र हैन जे सजय दिए पनि भोग्न तयार रहेको बताईन् ।  साथै उनले आफ्नो बिवाह नभएको भन्दै बिवाहको पुष्टि गर्न नसके समाचार लेख्नेले कारबाही पाउनुपर्ने बताएकी छन् । झुटो समाचार लेखेर आफ्नो बारेमा भ्रम फैलाएको भन्दै उनले आफ्नो मानहानी भएको भन्दै उजुरी दिने समेत बताएकी छन् ।

आफु चलचित्र क्षेत्रमा स्थापित हुन संघर्ष गरिरहेको बताउँदै उनले आफुले अभिनय गरेका चलचित्र प्रदर्शन हुने बेलामा आएर आफ्नो बारेमा यसरी नकारात्मका कुरा बाहिर आउनु नियोजित भएको हुन सक्ने संकेत गरेकी छन् । पछिल्लो समय फेसबुकमा रहेको उनको एकाउण्टमा केही आपक्ति जनक तस्विरहरु समेत रहेको बारे बुझ्न खोज्दा उनले आफ्नो फेसबुक एकाउण्ट केही महिना देखि हृयाक भएको बताएकी छन् । फेसबुकबाट पनि आफ्नो नामको प्रयोग गरी आफ्नो बदनामी गर्न खोजिएको भन्दै उनले आज मात्र महानगरिय प्रहरी कार्यालय हनुमान ढोकामा उजुरी दर्ता गरेको बताईन् ।  भोली पनि हनुमान ढोका जाने भन्दै सुमिनाले कसै गर्दा पनि त्यो एकाउण्ट बन्द गर्न नसकेको भन्दै साइबर अपराध अनुसार दोषिको खोजी गरीदिन पनि आग्रह गरेकी छन् ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.