
प्रशान्त मात्र हैन सो चलचित्रकी नायिका सुमिना घिमिरे पनि चलचित्रको प्रचारप्रसारमा देखिएकी छैनन् । अन्य चलचित्रको सुटिङमा व्यस्त रहेकी सुमिनाले आफैले अभिनय गरेको चलचित्रलाई समय दिन सकेकी छैनन् । कलाकारको मात्र के कुरा ? चलचित्रका निर्देशक चुन्निलाल घिमिरे र निर्माता समिर प्रधान पनि नेपालमा छैनन् । त्यसैले उनीहरू पनि आफ्नो चलचित्रको प्रचारप्रसारमा उपस्थित भएका छैनन् । उनीहरूले चलचित्र चलाउने जिम्मा बितरक सुनिल मानन्धरको पोल्टामा राखे तर सुनिलले खासै समय दिन दिन सकेका छैनन् ।
चलचित्रका निर्माता समिर प्रधानले गत वर्ष चलचित्र गोर्खा पल्टनमा अभिनय गरेर सफल अभिनेताको पगरी गुथेका नायक प्रशान्त तामाङकै भरमा चलचित्र चलाउन अघि सरे तर यिनले अहिले भने आफ्नै २ चलचित्र मध्ये एउटालाई काखा र अर्कोलाई पाखा गरे जस्तो देखिएको छ । यसरी एउटाको मात्र प्रचार गर्दा अर्को चलचित्र असफल भयो भने पनि प्रशान्त तामाङ अभिनित चलचित्र नै असफल हुने हो ।
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.