
चलचित्रमा महानायक राजेश हमाल, झरना थापा, प्रभाकर श्रेष्ठ, जिया केसी, मिना लामा लगायतको अभिनय रहेको छ । चलचित्रको करिब ९५ प्रतिशत छायाँकन पूर्वमा हुने निर्माता भीम लामाले बताए । इटहरी, धरान, चतरामा दश दिन छायाँकन भइसकेको चलचित्र भेंडीगोठको महानायक हमाललाई लिएर बाँकि छायाँकनको लागि शुक्रबार इलाम, ताप्लेजुङको रमणीय स्थानहरुमा जाने लामाले जानकारी दिए ।
निर्देशक किशोरले नै लेखेको कथामा कृष्ण आचार्यले पटकथा संवाद कोरेका छन् । प्रेमकथालाई नै उठान गरिएको चलचित्र भेंडीगोठमा अर्जुन पोख्रेलको संगीत, देव महर्जनको द्वन्द्व, कुमार बखतीको छायाँकन रहेको छ । करिब पचास लाखको लगानीमा बनिरहेको चलचित्र सम्भवतः माघ महिना सम्ममा दर्शकसमक्ष पुर्याउने प्रयासमा रहेको निर्देशक सुब्बाले बताए । माता पाथिभरा फिल्मस्को ब्यानरमा यसअघि 'माटो' नामक चलचित्र बनेको थियो ।
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.