चलचित्रको कथा अनुसार हुनेखाने घरानामा जन्मिएकी सञ्चिताले पोखराका बासिन्दा नागेन्द्रलाई मन पराउँछिन् । परिवारको बिरोध पछि उनी घरबाट भागेर पोखरा पुग्छिन् । पोखरा पुगुञ्जेल सम्म सञ्चिता नागेन्द्रको सपनामा हराउँछिन् । जब सञ्चिता पोखरा पुगेर नागेन्द्रलाई भेट्छिन् त्यसपछि उनको भरोसा टुट्छ ।
त्यहिबेला देखि सञ्चिताको सम्बन्ध नागेन्द्रसँग पनि टुट्छ । त्यसपछि उनको जीवनमा सहयात्रीको रूपमा राजबल्लभको इन्ट्री हुन्छ तर बिडम्बना राज भने ऋचाको प्रेममा डुबिरहेका हुन्छन् । यो कुरा थाहा पाएर पनि सञ्चिताले राजलाई आफ्नो मनबाट निकाल्न सक्दिनन् । यता राज पनि आफूलाई धेरै माया गर्ने सञ्चिता पाउँदा के गर्ने के नगर्ने भन्ने द्विबिधामा पर्छन् । अन्तत: कसैको प्रेमीलाई सञ्चिताले आफ्नो जीवनसाथी बनाएरै छाड्छिन् र नयाँ जीवन शुरू गर्छिन् । 'छोडि गए पाप लाग्ला' को उक्त कथाबस्तु जस्तै सञ्चिताको वास्तविक जीवन पनि हुनेखाने परिवारकै सन्तान भएर शुरू भएको हो ।
'अप्सरा' नायिका सञ्चिताले 'भन्नै सकिन' चलचित्रको छायाँकन ताका आकाश शाहसँग परिवारको अनुमति बिना नै सम्बन्ध शुरू गरिन् तर आकाश प्रतिको सञ्चिताको भरोसा लामो समयसम्म टिक्न सकेन । आकाशसँग डिभोर्स भएपछि केहि समय सञ्चिता एक्लै भईन् तर एक्लो जीवन कहिले सम्मलाई ? त्यसपछि चलचित्र यात्रासँगै उनले कोपिलाका पति नायक निखिल उप्रेतीसँग प्रेम गर्न थालिन् । उनीहरूको प्रेम झाँगिदै गयो र केहि बर्ष मै बिबाहमा परिणत पनि भयो । अहिले सञ्चिताको गर्भमा निखिलकै सन्तान हुर्किरहेको छ ।
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.