आगामी शुक्रबार काठमाण्डौ उपत्यकामा दुई चलचित्र साहसी र छोडिगए पाप लाग्ला बिच भिडन्त हुने भएको छ । साहसी फ्रेस चलचित्रको रूपमा डिसिएनको मार्फत राजधानी र राजधानी बाहिरका हलहरूमा एक साथ रिलिज हुँदैछ भने दुई बर्ष अघि मोफसलमा प्रदर्शन भईसकेको चलचित्र छोडिगए पाप लाग्ला क्यू सिस्टमबाट रिलिज हुँदैछ । मुनाल फिल्म प्रालि र विन्दवासिनी चलचित्र मन्दिर पोखराको प्रस्तुति चलचित्र साहसीमा महानायक चिनियाँ मार्शल आर्ट खेल उसु अन्तर्गत पर्ने ताइचीको प्रमुख प्रशिक्षकको रुपमा देखिंदैछन् ।यता त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र 'छोडि गए पाप लाग्ला' मा विराज भट्ट, राज वल्लभ कोइराला, ऋचा घिमिरे, संचिता लुइँटेल, हेमन्त बुढाथोकी, विष्णु सापकोटा, नागेन्द्र रिजाल प्रमुख भूमिकामा छन् भने अतिथिका रूपमा झरना थापा छिन् । उज्ज्वल घिमिरेद्वारा निर्देशित यस चलचित्रमा सुरेश अधिकारीले संगीत दिएका छन्। राष्ट्रिय चलचित्र अवार्ड सहित अन्य थुप्रै अवार्ड हात पारेको सो चलचित्रलाई केशब भट्टराईले निर्माण गरेका हुन् । यो चलचित्र गत शुक्रबार नै रिलिज हुने भनिएको भएपनि लगातार बन्दले गर्दा केशबले आगामी शुक्रबारको मिती तय गरेका हुन् ।














Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.