Monday, May 2, 2011

जेष्ठ २७ मा दुलही भित्र्याईने

०६७ सालमा प्रदर्शनमा आएका अधिकाशं नेपाली चलचित्रहरु व्यवसायिक रुपमा असफल भएपनि ०६८ सालको शुरुवात चाहिँ सुखद नै देखिएको छ । ०६७ सालको अन्तिम सातावाट  प्रदर्शनमा आएका चलचित्र प्रहार र निगरानीले राम्रो व्यापार गरेका छन् । त्यस्तै सोहि समयमा नै प्रदर्शनमा आएको चलचित्र प्रितीको फूलले पनि सन्तोषजनक व्यापार गरेको छ ।

केहि चलचित्रले राम्रो व्यापार गरे पछि अन्य केहि चलचित्रका निर्माता पनि आफ्नो चलचित्रले राम्रो व्यापार गरोस् भन्ने उद्देश्यले प्रदर्शन पूर्व चलचित्रको प्रचार प्रसारमा निकै नै मेहनत गरिरहेका छन् । केहि निर्माता निर्देशक भने यो कुरामा निकै नै पछाडी देखिएका छन् । बैशाख र जेठ महिनामा प्रदर्शनमा आउन लागेका धेरै चलचित्रहरु मध्ये प्रचार प्रसारको लागि चलचित्र दुलही अलि अगाडी नै देखिएको छ । चलचित्र 'दुलही' आउँदो जेष्ठ २७ गते भित्र्याईने भएको छ । अर्थात दुलहीले आउँदो जेठ २७ गतेवाट देशभरि एकै साथ प्रदर्शनमा आउने पालो पाएको छ ।


चलचित्र प्रदर्शनमा आउन करिब डेढ महिना बाँकि रहेको अवस्थामा यो चलचित्रको निर्माण पक्ष अहिले प्रचार प्रसारको लागि देश दौडाहामा छ । यसै क्रममा चलचित्र दुलहीसँग सम्बन्धित व्यक्तिहरुको टोली पूर्वी क्षेत्रको प्रचारात्मक भ्रमण सकेर राजधानी फर्केको छ । पूर्वको भ्रमणको क्रममा चलचित्र दुलहीको टोलीले स्थानिय रेडियो र टिभीमा प्रसारणको लागि अडियो सिडी तथा भिडियो  वितरण गर्दै  संचारकर्मीहरुलाई भेटेर आफ्नो चलचित्रको बारेमा जानकारी गराएको छ ।

ओ.एस.आर फिल्मसको पहिलो प्रस्तुती चलचित्र 'दुलही' लाई हर्षिता केसीले निर्माण तथा बाबुराम ढकालले निर्देशन गरेका हुन् । करिब ५ वर्ष मुम्बई बसेर वलिउडको अनुभव सँगालेर नेपाल फर्केका निर्देशक ढकालले वलिउडवाट आफूले सिकेको कुरा धेरै हद सम्म प्रयोग गरेर उत्कृष्ट चलचित्र बनाउने प्रयास गरेको बताएका छन् । निर्देशक ढकालले यस अघि 'खुशी पल भरको',  'न लेखिएको साइनो', 'माइती' जस्ता टेलिसिरियल निर्देशन गरेर टेलिभिजनका दर्शकको मन जितिसकेका छन् । त्यसै गरि ढकालद्वारा निर्देशित अर्को चलचित्र 'पर्खि राख है' पनि प्रदर्शनको लागि तयारी अवस्थामा छ ।

पारिवारिक परिवेशलाई मुख्य विषयवस्तु बनाइएको प्रेमकथामा आधारित चलचित्र 'दुलही' मा राजेश हमाल,  करिश्मा मानन्धर, मुकेश ढकाल,  सुमिना घिमिरे,  रवि गिरी, सुरवीर पण्डित,  रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । धेरै जसो दृश्य निर्देशककै गृह जिल्ला चितवनमा छायाङ्कन गरिएको छ । चलचित्रमा अष्ट लामाको संगित रहेको छ । अष्ट लामाले यहि चलचित्रबाट आफ्नो चलचित्र संगितको यात्रा थालनी गरेका हुन् । चलचित्र दुलहीका सबै गितहरु मुम्बईमा रेकर्ड गरिएका हुन्  । चलचित्रका गितमा उदितनारायण झा,  साधना सरगम,  जाबेद अलि,  सुनिधि चौहान,  संजिवनी,  मंजिरा गाँगुली  जस्ता बलिउडका चर्चित गायकगायिकाहरुको आवाज रहेको छ ।  

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.