Thursday, April 28, 2011

श्रीमान् श्रीमती बनेर आउँदै श्रीकृष्ण र स्वेता

०६६ सालको सुपरहिट चलचित्र कहाँ भेटिएलाका जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्कालाई दर्शकले बिभिन्न कार्यक्रममा एकसाथ देखे पनि पर्दामा भने दुई बर्ष बितिसक्दा पनि देख्न पाएका छैनन् ।

कहाँ भेटिएला पछि नायक श्रेष्ठ बिभिन्न कार्यक्रममा अतिथिको रूपमा सहभागी हुन र  आफ्नो चलचित्रलाई बिश्वका बिभिन्न मुलुकमा प्रदर्शन गर्न  नै व्यस्त देखिए । उनले करिब डेढ बर्षसम्म कुनै चलचित्रमा अभिनय गरेनन् । तर नायक श्रेष्ठकी जोडी अर्थात कहाँ भेटिएलाबाट डेब्यू  नायिका स्वेतालाई चलचित्र हाँसी देउ एक फेरमा नायक राजबल्लभ कोईरालासँग देखियो । तर दर्शकले सो चलचित्रलाई रूचाएनन् । चलचित्र नचलेपछि राज र स्वेताको जोडी पनि नचलेकै भन्दा गलत नहुन सक्छ ।

अब भने दर्शकले यो जोडीलाई छिट्टै नै पुन: पर्दामा एकसाथ देख्न पाउने भएका छन् । यि दुईले अभिनय गरेको चलचित्र 'श्रीमान् श्रीमती' प्रदर्शनको तयारीमा छ ।
मुनाल घिमिरेको निर्माणमा ऋषि लामिछानेले निर्देशन गरेको चलचित्र 'श्रीमान् श्रीमती' मा यो जोडीलाई श्रीमान् श्रीमतीको रूपमा देख्न सकिन्छ । हाल पोस्टप्रोड्क्सनमा रहेको सो चलचित्रमा श्रीकृष्ण र स्वेताको साथमा सरिता लामिछाने, मुकेश ढकाल, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ । रमाईलो प्रसङ यो छ कि, नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्कालाई रिल लाईफमा मात्र नभएर रियल लाईफमा पनि जोडीको रूपमा हेर्ने गरिएको छ । अधिकांश सञ्चारकर्मीहरूले यो जोडीलाई 'बिहे कहिले गर्ने ?' भन्ने प्रश्न गर्न छुटाएका हुँदैनन् । यो जोडीले बिहे गर्न सक्ने अड्कल पनि काटिएको छ । जे होस् रिल लाईफमा त यो जोडीलाई दर्शकले रूचाई सकेका छन् अब रियल लाईफमा श्रीकृष्ण र स्वेता जोडीको रूपमा प्रस्तुत भए भने पनि दर्शकले रूचाउने छन् भन्ने कुरामा दुई मत नहोला । 

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.