नेपाली चलचित्रका महानायक राजेश हमालले चिनियाँ मार्शल आर्ट खेल उसु अर्न्तगत पर्ने ताईचीको प्रमुख कोचका रूपमा प्रस्तुत भएको चलचित्र 'साहसी' को गीतसंगीत अहिले चर्चामा छ । पोखरेली संगीतकार लोकनाथ सापकोटाको शब्द र संगितमा राजेश पायल राई,अञ्जु पन्त,अन्जना गुरूङ,लोकनाथ सापकोटा र शान्ती प्रिया नानुले चलचित्रका गीतमा स्वर दिएका छन् । चलचित्रमा ४ वटा गित समाबेश गरिएको छ। जसमध्ये ३ वटा गित रोमान्टिक पाराका छन् । यसैगरी चलचित्रमा नेपालको पश्चिमी भेगमा प्रख्यात रोईला गीत पनि रहेको छ । नेपाली परम्परालाई जगेर्ना गर्न र प्रवासमा रहेका नेपालीहरूलाई नेपाली संस्कृतीको बारेमा जानकारी दिनको लागि पनि चलचित्रमा रोईला गीत राखिएको संगीतकार सापकोटाले जानकारी दिए । मुग्लान पछि दोस्रो पटक चलचित्रको गितमा संगित भरेका संगितकार लोकनाथले 'म तिम्रो राजेश हमाल,तिमी मेरी निरूता सिंह...', झ्याई पारौं निरूता...', 'मोबाईलमा मिसकल...' जस्ता लोकप्रिय गितमा संगित भरेर चर्चामा आएका थिए ।
यस्तै लोकनाथले पछिल्लो पटक संगीत तथा स्वर दिएको 'अनि गजलकार भएँ...' बोलको गजलले पनि निकै चर्चा पाएको छ । उनलाई अञ्जु पन्तले साथ दिएकी छिन् । मुनाल फिल्म प्रालि र विन्दवासिनी चलचित्र मन्दिर पोखराको प्रस्तुति चलचित्र साहसी छिट्टै नै राजधानी र राजधानी बाहिरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ । बासुदेब पोखरेल निर्देशित सो चलचित्रमा राजेश हमाल, गणेश उप्रेती, भोजवहादुर गुरुङ, स्नेहा शर्मा, मणिरत्न पौडेल, शर्मिला श्रेष्ठ, राजु अधिकारी, योग बज्राचार्य, कुलप्रसाद गुरुङ, राजेन्द्र अधिकारी, ज्याक गुरु, छवि सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।

देशको वर्तमान राजनैतिक परिवेशलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको भनिएको सो चलचित्रलाई झमबहादुर गुरुङ कुविना गुरुङ र धन माया गुरुङले निर्माण गरेका हुन् । बर्ष २०११ लाई सफल पारौं नेपाली चलचित्रलाई माया गरौं' भन्ने मुल नाराका साथ निर्माण गरिएको सो चलचित्रका गीतहरूको छायाँकन उच्च हिमाली भेगमा गरिएको बताईएको छ ।

Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!

0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.