Tuesday, May 10, 2011

एकैसाथ चार सिनेमा

आगामी शुक्रबार एकैसाथ चार सिनेमा रिलिज हुँदै छन् । शंकर घिमिरे निर्देशित 'वीरताको चिनो', दयाराम दाहाल निर्देशित 'दशगजा', वासुदेव पोखरेल निर्देशित 'साहसी' र सुशिल पोखरेल निर्मित 'जयशिव शंकर' एकसाथ सार्वजनिक हुनेछन् । फर्मुला श्रेणीको चलचित्र 'वीरताको चिनो' देशब्यापी रिलिज हुनेछ । डीसीएनले वितरण गर्ने यो सिनेमा ३५ थिएटरमा प्रदर्शन हुनेछ । विराज भट्ट, ऋचा घिमिरे, सुमन सिँह, रेजिना उप्रेती स्टारर सिनेमाको निर्मात्री हिरोइन ऋचा हुन् । पति शंकरले निर्देशन गरेको सिनेमा डायस्पोरामा प्रीमियर भैसकेको छ ।


 राष्ट्रप्रेम, युवाको आकांक्षा र प्रेमको कथा मिश्रित सिनेमाभित्र एक्सन ड्रामा फेन्टासी सबै विशेषताहरु समेटिएको छ । सुशिल पोखरेल निर्मित एक्सनप्रधान सिनेमा 'जयशिव शंकर' मल्टिस्टारर सिनेमा हो । उपत्यकाबाट प्रदर्शनमा आउने सिनेमामा महानायक राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती लगायत छन् । परम्परागत फर्मुला सूत्र प्रयोग गरिएको सिनेमा यसअघि विदेशमा पनि प्रदर्शित भैसकेको छ ।



दयाराम दाहाल निर्देशित 'दशगजा' सोसल ड्रामा श्रेणीको प्रोजेक्ट हो । नेपाल र भारतबीचको राजनीतिक, सांस्कृतिक, भौगोलिक असमानातलाई पर्दामा चित्रण गरिएको छ । दुईसाताअघि उपत्यकाबाट प्रदर्शनमा आएको 'दशगजा'ले डीसीएनको बक्सअफिसमा ४० लाख रुपैंया ग्रस बटुलेको छ । वासुदेव पोखरेल निर्देशित 'साहसी' शाष्त्रीय चिनियाँ युद्धकला ताइचीबारे छ । जहाँ अभिनेता हमाल नायक पात्रमा छन् र ताइची गुरुको भूमिकामा देखिन्छन् ।

 निर्माता समेत रहेका भोज गुरुङले पनि अभिनय गरेका छन् । वास्तविकरुपमा गुरुङ स्वयम ताइचीका प्रशिक्षक रहेपनि पर्दामा चाहिँ हमाललाई ताइची गुरुको रुपमा चित्रण गरिएको छ । एक्सन विशेषताको यो सिनेमालाई डीसीएनले वितरण गर्दैछ र उपत्यकाबाट रिलिज हुँदैछ ।  अभिनेता हमालले 'दशगजा', 'साहसी' र 'जयशिव शंकर'मा अभिनय गरेका छन् । संयोगवश तीनैवटा सिनेमा एकैसाथ रिलिज हुँदैछन् । हमालको एउटा फिल्मले अन्य दुई सिनेमासँग प्रतिस्पर्धा गर्नुपर्नेहुन्छ । 'जयशिव शंकर' र 'वीरताको चिनो'मा एक्सन नायक विराज भट्ट छन् । एकैसाथ एउटा अभिनेताको दुई वा सो भन्दा बढी सिनेमा रिलिज हुँदा यसको प्रत्यक्ष असर कलेक्सनमा पर्ने निश्चित छ । दर्शक बाँडिने समस्या त भयो नै अव्यवस्थित प्रदर्शनले निर्मातालाई कठिन पर्नेछ ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.