हुनत हर्षिता केसीको नाम सायदै कमैले सुन्नु भएको होला । नाम सुनियोस् पनि कसरी ? जबकि यि महिला कहाँ बस्छिन् ? के गर्छिन् ? कसैलाई थाहा छैन । आखिरमा यिनको परिचय किन खोजिंदै छ त ? पक्कै पनि जिज्ञासा उत्पन्न भएको होला ! हर्षिता केसी अरू कोही नभएर यहि जेष्ठ २७ गते सार्वजनिक हुन लागेको चलचित्र 'दुलही' कि निर्माता हुन् । उनले चलचित्र त निर्माण गरिन् तर सञ्चारमाध्यममा भने उनले आफ्नो अनुहार अहिले सम्म देखाएकी छैनन् । चलचित्रको प्रदर्शन मिती नजिकिंदै गर्दा निर्माताहरू सञ्चारमाध्यममा छाउने गर्छन् तर हर्षिता भने सञ्चारमाध्यमबाट टाढा छिन् । अझ अचम्मको कुरा यो छ कि यिनलाई चलचित्र युनिटका कसैले पनि देख्न पाएको छैन । मात्र एक जना व्यक्ति छन् जो नाम खुलाउन चाहँदैनन् ।
चलचित्रका निर्देशक बाबुराम ढकालले पनि अहिले सम्म आफ्नै निर्माताको अनुहार हेर्न पाएका छैनन्, कलाकारको त कुरै नगरौं । आखिरमा उनि किन गुप्तबासमा छिन् त ? निर्देशक ढकाल भन्छन्, अब केहि दिनमा नै उहाँ सार्वजनिक हुनु हुनेछ । म पनि उहाँलाई भेट्न निकै उत्सुक छु ।' जेष्ठ ८ गते पर्यटनबोर्डमा आयोजना हुन लागेको चलचित्रको अडियो बिमोचन समारोहमा हर्षिता सार्वजनिक हुने बताईएको छ । यिनी सार्वजनिक भएपछि सारा चलचित्र क्षेत्रनै अचम्मित हुने उनलाई चिन्ने एक व्यक्ति भन्छन् ।
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.