
स्थानीय टेलिभिजन, टेलिचलचित्र र भिडियो चलचित्रहरूमा अनुभव बटुलेका निर्देशक रमेश पोखरेलले निर्देशन गरेको चलचित्र 'भनिदेउ न माया गर्छु' नयाँबर्षको अवसर पारेर बैशाखको अन्तिम साता सार्वजनिक हुने बताईएको छ । क्यापिटल फिल्म प्रोडक्सनको ब्यानरमा जेबी घिसिङले निर्माण गरेको सो चलचित्रमा रमेश पोखरेलद्वारा निर्देशित यो पहिलो चलचित्रमा राजेश हमाल, दिलीप रायमाझी, सुरज आरडी, नन्दिता केसी, प्रभाकर श्रेष्ठ, लता योञ्जन आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । आधा दर्जनजति तामाङ चलचित्रमा अभिनय गरेकी लता योञ्जनको साथमा प्रभाकर श्रेष्ठले यसै चलचित्र मार्फत ठूलो पर्दाको चलचित्रमा डेब्यू गर्दैछन् । अच्युत अधिकारीको कथा, पटकथा र संवाद रहेको सो चलचित्रमा संगीत अर्जुन पोखरेल, नृत्य शिव र अजय स्याङ्तान, द्वन्द्व शंकर महर्जन र छायांकन रामेश्वर कार्कीको रहेको छ । काठमाडौं, पोखरा, नारायणगढ लगायतका स्थानमा छायाँकन गरिएको चलचित्र पूर्णतया प्रेमकथामा आधारित छ । स्मरण रहोस् चलचित्रकी नायिका लतासँग निर्माता घिसिङले गत मंसिर महिनामा बिबाह गरेका थिए ।
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.