'चाँदनी', 'अर्जुन', 'दोबाटो' र हाल आएर 'प्रहार' जस्ता सिनेमाहरु निर्माण गरिसकेका निर्माता टंक लम्साल महानायक राजेश हमाललाई मरिगए पनि नछोड्ने बताउँछन् । कुनै रिसराग बोकेर लम्सालले यसो भनेका चैं हैनन् । हालसम्म बनेका लम्सालका हरेक सिनेमामा हमाल मुख्य भुमिकामै देखिएका छन् । आफ्ना आगामी प्रोजेक्टहरुमा पनि राजेश हमाललाई लिने प्रतिबद्धता ब्यक्त गर्ने लम्साल भन्छन्, 'म राजेशलाई मरेनी छोडदिँन्, राजेश हमाल त्यस्ता नायक हुन्, जो बिना टंक लम्सालको हरेक सिनेमाको कथा अधुरै रहन्छ', उनले थपे, 'म राजेशलाई हेरेरै सिनेमाको कथा लेखाउँछु ।' त्यसो त यि मात्रै कारणले लम्सालले हमाललाई आफ्नो सिनेमामा लिने गरेका भने होईनन् । लम्सालको पहिलो सिनेमा 'चाँदनी' निर्माण क्रममा हमालले उनलाई निकै सहयोग गरेका थिए । आफु सँघर्ष गरिरहेको स्थितिमा सहयोगी हात दिने हमालको त्यो गुन चुकाउन कै लागि पनि लम्सालले उनलाई आफ्ना हरेक सिनेमामा लिने गरेको बताउँछन् । स्मरण रहोस्, टंक लम्साल निर्मित र सानु शाक्य निर्देशित सिनेमा 'प्रहार' यहि चैत्र २५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
Monday, April 4, 2011
Subscribe to:
Post Comments (Atom)















Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.