Sunday, April 10, 2011

धरानमा म तिम्रो भईसकें

भेटघाटको अवसर जुराएको थियो चलचित्र 'म तिम्रो भईसकें' को सुटिङ युनिटले । फाट्ट फुट्ट मात्र पूर्वमा ठूला व्यानरका नेपाली चलचित्रहरु सुटिङको लागि आउने हुँदा चलचित्र 'म तिम्रो भईसकें' को सुटिङ हेर्न धरान र आसपासका दर्शकको भीड मज्जालै लागेको थियो । झण्डै एक हप्ताको छायांकन कार्यक्रम लिएर पूर्व आएका निर्दैशक विकास आचार्य दर्शकको न्यानो मायाबाट मख्ख देखिन्थे । आफू पूर्वकै भएको हुँदा अव निर्माण गर्ने आफ्ना चलचित्रमा पूर्वका रमणीय स्थानलाई चलचित्रका पर्दा मार्फत देखाउने प्रतिबद्वता आचार्यले हामी समक्ष गरे । पूर्वमा छायांकनको लागि पर्याप्त मनोरम स्थान रहे पनि सधै चलचित्रकर्मीहरु पश्चिममै सिमित रहनु दुर्भाग्य रहेको उनले बताए ।

पूर्वबाटै उदाएका चलचित्रका नायक जीवन लुईंटेल पनि आफ्ना फ्यानबीच घेरिएर छायांकन गर्न पाउदा हर्षित देखिन्थे । उनी चलचित्रको लागी सटम व्यस्त भएपनि फुर्सद पाउना साथ फ्यानहरू माझ घेरिएर अटोग्राफ दिन र फोटो खिचाउन व्यस्त हुन्थे । पूर्व आएर पहिलो पटक चलचित्रको छायांकनमा सामेल हुन पाउदा चलचित्रकी नायिका ऋचा सिंह ठकुरी पनि मख्ख थिइन् । उनी पनि बेल बेला फ्यानहरूका माझ घेरिन्थिन् । चलचित्रमा धरानकै डनको रुपमा देखिन लागेका जीवन चलचित्रकी नायिका ठकुरीलाई पहिलो पटक भेट्दा उनको पछि लागिरहेको दृश्य छायांकन भइरहेको थियो ।  त्यस्तै चलचित्रको केही दृश्य आइतबार बुढासुब्बा मन्दिरको परिषरमा खिचिएको थियो  जहाँ जीवन र ऋचा बुढासुब्बाको बाँसमा मायाको डोरी बाँधी आफ्नो प्रेमलाई सफल बनाउन प्रतिज्ञा रहेका थिए । बुढासुब्बा मन्दिर परिसरको बाँसमा जोडीले नाम लेखे त्यो जोडी सफल हुने किंवदन्ती पनि छ ।






0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.