सुरज सुब्बा निर्देशित सिनेमा 'बाटो मुनिको फुल'बाट नायकको पगरी गुथेका गायक यश कुमार चाँडै नै अर्को सिनेमामा देखिने भएका छन् । यश हाल दिपक श्रेष्ठ निर्देशित सिनेमा 'बिर'को छायाँकनमा ब्यस्त रहेका छन् । बिरको मुख्य पात्र अर्थात् बिरको भुमिकामा देखिन लागेका यश हाल सुटिँग युनिटका साथमा पोखरामा छन् । दाङको सुटिँग भ्याएर बिर युनिट पोखरा आएको निर्देशक दिपक श्रेष्ठले बताए । रमाईलो कुरा त के छ भने, यशको हिरोइनको रुपमा उनको पहिलो सिनेमा बाटो मुनिको फुलकै हिरोइन रेखा थापा यस सिनेमामा पनि देखिन लागेकी छिन् । यस सँगै उनीहरुको फिल्मी रोमान्स फेरी चल्ने कुरा नकार्न सकिन्न । यश र रेखाका अतिरिक्त सिनेमामा आयुष रिजाल, कल्पना शाही आदि कलाकारहरुको अभिनय रहने छ । बिरको मुख्य भुमिकामा पहिले अर्का नायक अमिर राजले अभिनय गर्ने भनिएको थियो तर कुरा नमिलेपछि यशलाई लिईएको श्रेष्ठले खुलाशा गरे।Saturday, April 9, 2011
यश कुमार चाँडै नै अर्को सिनेमामा देखिने
सुरज सुब्बा निर्देशित सिनेमा 'बाटो मुनिको फुल'बाट नायकको पगरी गुथेका गायक यश कुमार चाँडै नै अर्को सिनेमामा देखिने भएका छन् । यश हाल दिपक श्रेष्ठ निर्देशित सिनेमा 'बिर'को छायाँकनमा ब्यस्त रहेका छन् । बिरको मुख्य पात्र अर्थात् बिरको भुमिकामा देखिन लागेका यश हाल सुटिँग युनिटका साथमा पोखरामा छन् । दाङको सुटिँग भ्याएर बिर युनिट पोखरा आएको निर्देशक दिपक श्रेष्ठले बताए । रमाईलो कुरा त के छ भने, यशको हिरोइनको रुपमा उनको पहिलो सिनेमा बाटो मुनिको फुलकै हिरोइन रेखा थापा यस सिनेमामा पनि देखिन लागेकी छिन् । यस सँगै उनीहरुको फिल्मी रोमान्स फेरी चल्ने कुरा नकार्न सकिन्न । यश र रेखाका अतिरिक्त सिनेमामा आयुष रिजाल, कल्पना शाही आदि कलाकारहरुको अभिनय रहने छ । बिरको मुख्य भुमिकामा पहिले अर्का नायक अमिर राजले अभिनय गर्ने भनिएको थियो तर कुरा नमिलेपछि यशलाई लिईएको श्रेष्ठले खुलाशा गरे।
Labels:
News
Subscribe to:
Post Comments (Atom)














Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.