Wednesday, March 16, 2011

'म तिम्रो भईसकें' को छायाँकन

चलचित्र 'नाइ नभन्नु ल' बाट एकाएक चर्चामा आएका निर्देशक बिकाश आचार्यले तेस्रो चलचित्र 'म तिम्रो भईसकें' को निर्देशन गरिरहेका छन् । चलचित्रको गत फाल्गुन २७ गतेबाट छायाँकन शुरू गरिएको निर्देशक आचार्यले AbroadNepaliलाई जानकारी दिए । बिकाशको लेखन, निर्माण तथा निर्देशन रहेको सो चलचित्रमा अधिकांश चलचित्रकर्मी 'नाइ नभन्नु ल' कै छन् । 'नाइ नभन्नु ल' का नायक जीवन लुईटेल र नायिका ऋचा सिंह ठकुरी सहित सो चलचित्रमा अयुब केसी र बालकलाकार बिज्ञान सापकोटाको मुख्य भुमिका निर्वाह गर्दैछन् । नेपालमा चलचित्र 'काठमाण्डू' पछि दोस्रो पटक रेड क्यामेराले छायाँकन गरिएको सो चलचित्रलाई शम्भु सापकोटाले खिच्दैछन् । वान टाईम सिनेमाको प्रस्तुती रहेको सो चलचित्रमा बसन्त सापकोटाको संगीत तथा हिमाल केसीको द्वन्द रहेको छ । पूर्णतया प्रेमकथामा आधारित सो चलचित्रको अहिले काठमाण्डौ वरपरका स्थानहरूमा छायाँकन गरिएको छ ।
काठमाण्डौ पछि सो चलचित्रको छायाँकन धरान, दोलखा, सिन्धुपाल्चोक लगायतका स्थानमा गरिने प्रोडक्सन म्यानेजर उत्तम केसीले जानकारी दिए । चलचित्रमा दुई गीत समावेश गरिएको छ । ती गीतहरूलाई दिपक लिम्बु र रजीना रिमालले गाएका छन् ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.