Sunday, March 6, 2011

‘चलचित्र सिद्धान्त’ को लोकार्पण

स्वर्गिय कलाकारद्वय गोपाल भुटानी र शान्ती मास्केलाई सम्झँदै माधव ढुङ्गेलद्धारा लिखित ‘चलचित्र सिद्धान्त’ नामक फिल्मी पुस्तकको लोकार्पण गरिएको छ । आईतवार राजधानीको बागबजार स्थित पध्म कन्या क्याम्पसमा एक कार्यक्रमका बिच एकिकृत नेकपा माओवादी नेता डा बाबुराम भट्टराईले सो पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकको लोकार्पण गर्दै नेता भट्टराईले लेखक ढुंङ्गेलको पुस्तक आफूलाई निकै मन परेको बताए । पुस्तकको बारेमा बोल्दै भट्टराईले भने, 'नेपाली चलचित्रलाई मैले जसरी रूची पूर्वक हेर्ने गरेको छु त्यसैगरी यो पुस्तक पनि मैले रूचि पूर्वक पढेको छु ।'  नेपाली चलचित्र क्षेत्रको लागी एउटा राम्रो कृति भएको भन्दै भट्टराईले पुस्तकले नेपाली चलचित्रकर्मीको खांचो केही हदसम्म पूर्ती गर्ने बताए ।


नेपाली चलचित्र क्षेत्रका हस्तीहरू महानायक राजेश हमाल, अभिनेत्री करिष्मा मानन्धर, संगीतकार शम्भुजित बाँस्कोटा, अभिनेता श्रीकृष्ण श्रेष्ठ, युवराज लामा, नरेश पौड्याल, केपी पाठक, चेतन सापकोटा, शोक शर्मा, देशभक्त खनाल लगायतको उपस्थितीमा लोकार्पण गरिएको सो पुस्तकको समिक्षा चलचित्रकर्मीका तर्फबाट महानायक राजेश हमाल र अभिनेत्री करिष्मा मानन्धरले गरेका थिए । 

पुस्तकको समिक्षा गर्दै महानायक हमाले पुस्तक नेपाली भाषामा सरल तरिकाले लेखिएकोमा खुसी व्यक्त गर्दै नेपाली चलचित्रकर्मी र नेपाली चलचित्रको बारेमा जान्न चाहनेको लागी पुस्तक प्रारम्भिक शिक्षा हुने बताए । नेपाली चलचित्र फराकिलो रहेकोले एउटै सिद्वान्त, विचार र सोचमा नेपाली चलचित्रलाई बाँध्न नहुने उनको टिप्पणी थियो । यसैगरी अभिनेत्री करिष्मा मानन्धरले पुस्तकको बारेमा खासै ज्ञान नभएको भन्दै नेपाली चलचित्रकर्मी र नेपाली चलचित्रको बारेमा ज्ञान लिन चाहनेका लागी पुस्तक उपयुक्त हुनसक्ने बताईन् ।

अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा सम्पन्न सो कार्यक्रममा लेखक ढुङ्गेलले नेपाली चलचित्र क्षेत्रमा पाईला बढाउने क्रममा यो आफ्नो पहिलो खुट्किलो भएको बताए । नेपाली चलचित्र क्षेत्र गरिमामय क्षेत्र भएकोले यो क्षेत्रमा लागेर केहि गर्ने सोच बनाएको उनको भनाई थियो ।
 

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.