झण्डै दुई बर्ष अघि गीतको काम सकेर पनि निर्माण हुन नसकेको चलचित्र 'मायाज बार' अब भने निर्माण हुने भएको छ । फरक कथावस्तु रहेको भनिएको यस चलचित्रलाई बितरक सुनिल मानन्धरले निर्माण गर्ने भनिएको थियो यद्यपि सो चलचित्र प्राविधिक कारण देखाउँदै निर्माण हुन सकेको थिएन । सञ्चारकर्मी दिनेश डीसीले निर्देशन गर्ने सो चलचित्रको पोष्टर समेत तयार पारिएको थियो । चलचित्र निर्माण हुने अन्तिम समयमा डीसीले आफू टेलिभिजन रेडियो र स्टेज कार्यक्रमहरुमा व्यस्त भएका कारण चलचित्रको निर्देशन गर्न समय निकाल्न नसकेका कारण चलचित्र रोकीएको निर्माण पक्षले जानकारी दिएको छ । केही समय अघि डिसीले आफु व्यस्त भएका कारण चलचित्रका लागी समय दिन नसकेको बताए पनि अहिले भने चलचित्र 'मायाज बार'का लागि समय निकाल्ने भएका छन् ।बितरक सुनील मानन्धरले यसअघि नै चलचित्रको गीतहरुको काम भै सकेको र पोष्टर समेत तयार भएको भन्दै जुनसुकै हालतमा दिनेश डीसीकै निर्देशनमा सो चलचित्रको निर्माण गर्ने बताएका थिए । निर्माता, निर्देशक, कथा, गीतसंगीत सबै फाइनल भए पनि चलचित्रमा केही नयाँ कलाकारहरुले अभिनय गर्न सक्ने भन्दै कलाकार र अन्य प्राविधिकको नाम भने सार्वजनिक गर्न निर्देशक डीसीले चाहेनन् । यद्यपी उनले चलचित्रका लागि केही नयाँ कलाकारहरुको छनौट भने भइसकेको बताएका छन् । चलचित्रको छिट्टै नै छायाँकन थालिने निर्माण पक्षले जनाएको छ ।









0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.