शुसिल पोखरेलले निर्माण गरेको चलचित्र 'निगरानी' ले शुक्रबारबाट काठमाण्डौ उपत्यका कब्जा गर्ने भएको छ । nयानकी चलचित्र निगरानी शुक्रबारबाट काठमाण्डौ उपत्यका र बनेपा गरी १३ सिनेमा घरमा एकसाथ प्रदर्शन हुँदैछ । राजेन्द्र उप्रेतीले निर्देशन गरेको सो चलचित्रसँग शुक्रबार कुनै पनि चलचित्र भिड्ने छैनन् ।पालो प्रणालीबाट सार्वजनिक हुन लागेको सो चलचित्रसँग दिपक रमणको चलचित्र मन परेपछी जुध्न तम्तयार भएको थियो तर अन्तिम समयमा आएर सो चलचित्रले हात झिकेको छ । मन परेपछीले हात झिकेपछि भोजपुरीमा निर्माण गरि नेपालीमा डबिङ गरिएको चलचित्र 'अनाडी खेलाडी' पनि निगरानीसँग जुध्न तयारी अवस्थामा थियो । सो चलचित्र आफ्नो चलचित्रसँग भिड्न लागेको थाहा पाएपछि निर्माता पोखरेलले बितरक बिरेन्द्र महर्जनलाई चलचित्र 'अनाडी खेलाडी' नलगाउन अनुरोध गरेपछि सो चलचित्र पनि अहिले पछि हटेको छ । यसरी दुई-दुई चलचित्रसँग भिड्न लागेको चलचित्र 'निगरानी' अन्तत: राजधानीका हलमा एक्लै प्रदर्शन हुने भएको छ । काठमाण्डौ उपत्यकाको सिदार्थ सिनेमा घर बाहेकका सबै सिनेमा घरमा चलचित्र निगरानी प्रदर्शन हुँदैछ । यसैगरी सो चलचित्र आगामी चैत्र २५ गते राजधानी बाहिर हेटौंडा, नारायणगढ, बुटवल, कुस्मा, घोराही, उर्लाबारी, दमक र लालबन्दीका सिनेमा घरमा प्रदर्शन हुँदैछ । निर्माता पोखरेलले आफ्नो चलचित्र बिना प्रिमियर प्रदर्शन गर्दैछन् ।









0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.