जुनसुकै हालतमा पनि जोमसोममा नै चलचित्रको छायाँकन गर्नु पर्ने भएकाले जोमसोम तर्फ लागेको चलचित्र अन्दाजको टिम आज पनि त्यस तर्फ जान सकेन । केही दिन देखिको लगातारको बर्षाका कारण म्याग्दी जोमसोम सडक खण्डमा पहीरो गएका कारण त्यस तर्फ जान नसकेको युनिट सोमबार हवाई उडान मार्फत त्यस तर्फ लागेको थियो । काठमाडौबाट पोखरा हुँदै जोमसोम जान भनी सोमबार पोखरा पुगेको टोली आज मंगलबार पनि जोमसोम जान सकेन । चलचित्र छायाँकनका लागी आवश्यक पर्ने बन्दोबस्तीका सामानहरु सहित जोमसोमका लागी हिडेको चलचित्र अन्दाजको २७ जनाको टोली मौसम खराबका कारण आज पोखराबाट जोमसोमका लागी कुनै पनि उडान हुन नसकेका कारण पोखरामा नै रोकिएको हो ।
पोखराबाट चलचित्रका निर्माता छबिराज ओझाले दिएको जानकारी अनुसार अग्नी एयर लाइन्स र यति एयरलाइन्स गरी दुई कम्पनीका जहाजमा २७ जनाको टिकट सोमबार नै बुक भईसकेको थियो । प्रति ब्यक्ति २० केजीका दरले सामान लान पाउने भन्दै त्यो भन्दा बढी भएको सामानलाई प्रति केजी ३० रुपैया तिरेर जोमसोम लैजान लागिएको निर्माता ओझाले जानकारी दिएका छन् । दशैमा चलचित्र प्रदर्शनको मिति तय गरेर छायाँकनलाई तिब्र पारेको जानकारी दिँदै निर्माता ओझाले जोमसोममा १० दिनको काम रहेको बताए । उनले भने, '१० दिनको सेड्यूल छ यदि मौसमले धोका दिएन भने हामी १० दिनमा काठमाडौ र्फर्कन्छौं ।' चलचित्रमा रेखा थापा, जीवन लुईटेल र सबिन श्रेष्ठको मुख्य भुमिका रहेको छ ।

Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!

0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.