बेग्लै माहौल थियो । केहीवर्ष अघि पूर्वी नेपालका शिविरबाट तेस्रो देश पुनस्थापना गरिएका शरणार्थीले उक्त दिन नेपाली चलचित्र 'धर्मा'को मजा लिए । नेपालको कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचारबारेको सिनेमालाई उनीहरुले रुचाएको जानकारी निर्देशक दीपेन्द्र के. खनालले दिए ।
झन्डै चारसय शरणार्थीले चलचित्र हेरे ।
नेपालको कथावस्तुलाई चाख मानेर शरणार्थीले हेरेको निर्मात्री दुर्गा पोख्रेलले बताइन् । एट्लान्टासहित वासिङटन्, न्यूयोर्क, मेरिल्यान्ड राज्यहरुमा पनि चलचित्र प्रदर्शन गर्न लागिएको छ । 'चलचित्रको कथासँग शरणार्थीले आफ्नो पीडा साटे' प्रदर्शनपछि निर्मात्री पोख्रेलले भनिन् 'यसले उनीहरुमा राष्ट्रियताको भावना प्रसार गरेको छ ।'
राजेश हमाल, मनिषा कोइराला, संयोग पोखरेल अभिनित 'धर्मा'पछि निर्देशक खनाल अर्को प्रोजेक्ट 'काठमाण्डू नाइट'को तयारीमा छन् । हिरो आर्यन सिग्देल र डेब्यु गर्न लागेकी हिरोइन सुष्मा अधिकारी प्रस्तुत हुने सिनेमा भदौबाट फ्लोरमा जानेछ । आइतबारै वासिङ्टनमा रेश मरहठ्ठा निर्मित च्यालेन्ज प्रीमियर हुँदैछ ।
Sunday, July 3, 2011
अमेरिकी शरणार्थीले हेरे 'धर्मा'
Labels:
News
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.