Friday, June 24, 2011

चलचित्र डेष्टिनेसन काठमाण्डौको बाँकि छायाँकन


बिदेशिको आँखामा नेपाल र  नेपाली कस्ता छन् भन्ने कुरालाई प्रष्ट्याउन खोजिएको चलचित्र डेष्टिनेसन काठमाण्डौको बाँकि छायाँकनका लागि निर्माण युनिट यहि जुनको अन्तिम साता अष्ट्रेलिया जाने भएको छ । चलचित्रको ८० प्रतिशत छायाँकन सकिएको र त्यो भागको सम्पादन समेत भै सकेको जानकारी दिँदै निर्देशक दिपक रायमाझीले भने, ' बाँकि २० प्रतिशत छाँयाकन अष्ट्रेलियामा गर्ने भएकाले हामी त्यस तर्फ प्रस्थान गर्न लागेका हौं ।' छायाँकन गर्न बाँकि रहेको भागको सम्पादन पनि छायाँकनसँगै गरेर छिटो भन्दा छिटो चलचित्र तयार पार्ने उनको भनाई छ । सरकारले नेपाल पर्यटन वर्ष मनाईरहेका बेला पर्यटन वर्षालाई लक्षित गरी चलचित्र बनाइएको बताउने रायमाझिले जसरी भए पनि पर्यटन वर्ष २०११ भित्र नै चलचित्र प्रदर्शन गरिसक्ने बताए । 

सरद अधिकारी र एनआरएनका गणेश केसी निर्माता रहेको यो चलचित्रलाई बिश्वका ४० देशहरुमा एकसाथ प्रदर्शन गरिने समेत दिपकले जानकारी दिए । उनले एनआरएन केसीको पहलमा २०११ भित्र नै ४० देशमा चलचित्र प्रदर्शन गर्नका लागि चलचित्रलाई नेपाली सहित अग्रेजी, जापानिज र स्पेनिस भाषामा सवटाइटलिङ गरिने जानकारी दिए । बिदेशि नायिकाले अभिनय गरेको यस चलचित्रमा कथालाई जीवन्तता दिन बिदेशि नायिकालाई नै अभिनय गराइएको बताउदै रायमाझिले यो चलचित्र आफ्नो ड्रिम प्रोजेक्ट भएको समेत बताए ।


बिदेशिहरु नेपाली कलाबाट कसरी प्रभावित हुन्छन् भन्ने कुरा देखाइएको यस चलचित्रमा काठमाण्डौको ठमेलमा सारङ्गी बजाउने एक जना गर्न्धव र बिदेशि महिलाको प्रेमकथालाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक दिपक रायमाझिको भनाई छ । रायमाझिका अनुसार गर्न्धवले बजाउने सारङ्गी धुनबाट लठ्ठिएकी बिदेशि पर्यटकलाई त्योसँगै काठमाण्डौको वातावरणले कसरी तान्दछ भन्ने कुरा यस चलचित्रमा देखइएको छ ।

नायिकाको पहिलोपटक पश्चिम देशकी नायिकालाई मुख्य भूमिकामा उतारिएको चलचित्र डेष्टिनेसन काठमाण्डौमा अष्ट्रेलियन नायिका सराह मावे, दिलिप रायमाझी, झरना थापा, शुभेच्छा थापालगायतको अभिनय रहेको छ ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.