
हामीले चलचित्र भन्दा झ्याप्प नायक नायिकाहरुलाई पहिला सम्झने गर्दछौं । तर नायिका नै नभएको चलचित्र कस्तो होला पक्कै अनुमान गर्न गाह्रो हुन्छ । र हाम्रा लागी यो नौलो पनि पक्का हुन्छ । कमेडी कथाबस्तुमा आधारित भएर निर्माण गर्न लागिएको यस चलचित्रको कथा र स्क्रिप्ट स्वयम निर्देशक गुरुङले लेखेका छन् । शहरमा बढ्दै गएको युवाहरुको कथालाई चलचित्रको बिषय बस्तु बनाएको निर्देशक गुरुङको भनाइ छ । कलाकारहरुसँग कुराकानी भै रहेको बताउने गुरुङले चलचित्रका लागी चलेकै कलाकारहरुको प्रयोग गर्ने सम्भावना बढी रहेको संकेत गरेका छन् । नायिका नभए पनि नायकहरुको माध्यमबाट चलचित्रले दर्शकहरुलाई पूर्ण मनोरञ्जन दिने उनको दाबि छ । थुप्रै म्युजिक भिडियोका सफल निर्देशक गुरुङ यस अघि चलचित्र 'माया यो कस्तो माया' निर्देशन गरेर चर्चामा आएका हुन् ।
माइल स्टोन सिनेमाको ब्यानरमा निर्माण हुने यस चलचित्रमा निर्देशक गुरुङका अलाबा, र्सवज्ञमान शाक्य, बिपिन आचार्य लगायतको संगीत रहने छ । हरी हरि हुमागाईंले क्यामरा चलाउने यस चलचित्रको छायाँकन भने भदौको पहिलो साताबाट थालिने छ ।
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.