Sunday, June 12, 2011

पोष्टर च्यातिदिएको दुलहीको आरोप

चलचित्र 'दुलही' ले राम्रो ब्यापार गरे पछि सँगै चलिरहेको सम्बन्धित चलचित्रकर्मीहरुले आफ्नो चलचित्रको पोष्टर च्यात्ने र त्यहि पोष्टर माथी अर्को पोष्टर  टाँस्दै हिंडेको दुलहीको निर्माण पक्षले आरोप लगाएको छ । शुक्रबार टाँसिएका अधिकांश पोस्टरहरू च्यातिएको निर्देशक बाबुराम ढकालले बताए । देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'दुलही' ले राम्रो व्यापार गरेपछि त्यसको रिसले पोस्टर च्यातिएको र केहि ठाउँमा आफ्नो पोस्टर माथि उनीहरूको चलचित्रको पोस्टर टाँसिएको निर्देशक ढकालको भनाई छ । उनी भन्छन्, 'मेरो चलचित्रको प्रचारप्रसार देखेपछि आफ्नो चलचित्रलाई असर गर्छ भनेर पोस्टर च्यातिएको हुनसक्छ ।'कस्ले च्यात्यो त पोस्टर ? निर्देशक ढकाल भन्छन्, 'यहि मान्छे भनेर त म भन्न सक्दिन तर चलचित्रको व्यापार राम्रो भएको देखेर रिसले खै कस्ले च्यातेछ कुन्नि !'

अहिले राजधानीमा बिशेष गरी दुई चलचित्र रिलिज भएका छन् । क्यू सिस्टमबाट केशब भट्टराईको चलचित्र छोडि गए पाप लाग्ला र हर्षिता केसीको दुलही राजधानीका प्रमुख हलहरूमा प्रदर्शन भईरहेका छन् । त्यसो भए यो रिस छोडि गए पाप लाग्ला युनिटको हो त ? चलचित्रका निर्माता केशब भट्टराई यो कुरामा सहमत छैनन् । उनी भन्छन्, 'म कसैको चलचित्रको पोस्टर च्यात्न हिंडेको पनि छैन र कसैलाई च्यात्न लगाएको पनि छैन ।'

निर्माता केशब भट्टराईले पनि आफ्नो चलचित्रको व्यापार राम्रो भईरहेको र आफ्नो दुस्मनी कसैसँग नरहेको भन्दै सफाई दिएका छन् । उनी भन्छन्, 'म कसैसँग दुस्मनी लिन चाहन्न । किनकी चलचित्र क्षेत्रमा काम गरेर खाने अधिकार मेरो मात्र छैन ।' केशबले आफू दोसी नभएको स्पष्ट पारेपछि पोस्टर कस्ले च्यात्यो भन्ने कुरा निकै गहिरो छ । आखिरमा को हो त दुलहीको दुस्मनी ? कस्ले देख्न सकेन दुलहीको सफलता ? कतै यो चलचित्र चलाउने प्रोपोकाण्ड त हैन ? यदि हो भने यस्तो सस्तो प्रचारप्रसार नगरेकै राम्रो । किनकी चलचित्र राम्रो भएपछि दर्शक हलसम्म आईहाल्छन् नि !

1 comments:

Anonymous said...

yes boss you are right if the picture is good every body will watch it.

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.