Monday, May 2, 2011

कर्ण शाक्यले गरे पोस्टर बहिष्कार

कर्ण शाक्य आफैमा सकारात्मक चिन्तनका लेखक र निर्माता हुन् । उनका सामाजिक अभियानहरु सबैतिर प्रशंसित पनि छन् । तिनै कर्ण शाक्यले नेपाली सिनेमामा पहिलोपटक यस्तो एउटा नयाँ काम थालेका छन् जुन यसअघि गरिएको थिएन । आफू र गोपिकृष्ण मूभिज मिलेर निर्माण गरेको चलचित्र 'पल'को पब्लिसिटीलाई शाक्यले वातावरणमैत्री तुल्याउने भएका छन् । उनको यो कार्यलाई सबैले स्वागत गरेका छन् । 'पल'को प्रचारप्रसारमा पोस्टरको प्रयोग नगरिने भएको छ । टाँसेपछि उप्काउने चलन नभएकाले पोस्टरले सहरलाई फोहोर र असभ्य बनाएको बन्दै उनले पोस्टर बहिस्कार गरेका हुन् । 'प्रचार र व्यक्तिगत स्वार्थको लागि सहर फोहोर बनाउने चलन छ नेपाली सिनेमामा' पर्यटन व्यावसायी समेत रहेका शाक्यले मेरोसिनेमासँग भने 'आफैबाट नयाँ कामको थालनी गर्न लागेको हुँ । आशा गरौं सबैले मलाई सहयोग गर्नुहुनेछ ।' पर्खाल, भवन र भित्ताहरुमा जथाभावी सिनेमाका पोस्टर टाँसेर नउप्काइँदा फोहोर बढेको भन्दै चलचित्र क्षेत्रको आलोचना हुने गरेको छ ।



प्रकृति जोगाउने निर्माता कर्ण शाक्यको अभियानलाई सबैले पछ्याउनु जरुरी छ । रिलिजको डेट तय नगरिएपनि चाँडै सार्वजनिक हुने सिनेमाको निर्देशन रमेश बुढाथोकीले गरेका हुन् । एउटै पात्र र परिवेशलाई दुई भिन्न कथात्मक ढाँचामा प्रस्तुत गरिएको चलचित्रलाई कतिपयले संसारमै नौलो बताएका छन् । राजवल्लभ कोइराला, निशा अधिकारी, अनुप बराल, करिश्मा मानन्धर स्टारर सिनेमाको पर्यावरणमैत्री पव्लिसिटीबाट अन्य निर्माताले पनि सिक्नु जरुरी छ ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.