Monday, May 9, 2011

दार्जिलिङमा प्रशान्तको विहे

अभिनेता तथा गायक प्रशान्त तामाङले शनिबार दार्जिलिङस्थित एक पाँचतारे होटलमा भव्य विवाह गरेका छन् । नेपाल, भारत र बैंककबाट आएका झन्डै नौसय निम्तालुलाई साक्षी राखेर 'गोर्खापल्टन' स्टारले गर्लफ्रेन्ड गीता थापामगरलाई दार्जिलिङको चलनअनुसार सेतो चामलको टीका, खादा र उपहार दिएर लगनगाँठो कसे । दुईमहिनाअघि उनीहरुबीच इन्गेजमेन्ट भएको थियो । दार्जिलिङको पाँचतारे होटल मेफेएर पूर्व इन्डियन आइडलको विहेले गुल्जार बन्यो । पाँचसय जनालाई निम्तो दिएपनि झन्डै नौसय निम्तालु विहेमा थिए । आफू निकटका आफन्त र साथीभाईलाई मात्र डाकिएको थियो । थरीथरीका परिकारहरु भोजमा थिए । विहे रिसेप्सनमा सहभागि एक निम्तालुका अनुसार खानपिन अत्यन्तै राम्रो र सुविधाजनक थियो । 'विहे हेर्दा १० लाख भारु खर्च भएको छ' उनले भने । विहेमा सहभागि हुन नेपालबाट निर्माता राजेश घतानी, गायक डम्बर नेपाली, गायिका प्रकृति गिरी, नील डेभिड, कर्मा शेर्पा, मन्त्र ब्यान्डलगायत गएका थिए ।विहे रिसेप्सनमा प्रशान्त अभिनित सुपरहिट चलचित्र 'गोर्खापल्टन'का गीतहरु लाउडस्पिकरमा घन्काइएका थिए भने उनीद्धारा स्वरबद्ध फास्टट्रयाकका गीत पनि बजाइएको थियो । बेहुली पक्षका तर्फबाट गीताकी आमामात्र उपस्थित थिइन् ।
 


नेपालबाट निम्ताइएका पाहुनालाई पनि प्रशान्तले दार्जिलिङका राम्रँ होटलहरुमा कोठा बुक गराएका थिए । गायक डम्बर नेपालीले आमन्त्रितहरुलाई हँसाएर मनोरन्जन दिलाएका थिए । रोचक कुरा त विहेको भोलिपल्ट अर्थात आइतबारबाटै दार्जिलिङको आइनेस थिएटरमा प्रशान्त स्टारर चलचित्र 'अँगालो यो मायाको' रिलिज गरिएको छ ।  प्रशान्तलाई दाम्पत्य जीवनको शुभकामना !

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.