Monday, May 30, 2011

'तिम्रो कसम' नामक चलचित्र बन्ने भएको छ

चलचित्र उद्योगको अवस्था राम्रोसँग सुध्रिन नसकेको भए पनि चलचित्रको निर्माण भने घटेको छैन । यसै क्रममा 'तिम्रो कसम' नामक चलचित्र बन्ने भएको छ । चलचित्रको सोमबार मुहुर्त पनि गरियो । सोमबारबाट छायाँकन प्रारम्भ गरिएको सो चलचित्रको मुहूर्त सटको निर्देशन वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्माले गरेका थिए । यसैगरी क्ल्याप हान्ने जिम्मा मुकुन्द किशोरलाई दिईएको थियो भने क्यामेरा स्वीच अन रामेश्वर श्रेष्ठले गरेका थिए । यसैगरी सम्पादक तारा थापा किम्भेले नरिवल फोडेका थिए भने सुभाष मेचे, पुजना स्त्री र बाल कलाकार नीता महर्जनले मुहुर्त सटमा अभिनय गरेका थिए । मुहूर्तमा चलचित्रको युनिट मात्रै सहभागी गराई एकैचोटी छायाँकनमा लगिएको थियो ।

दीपक श्रेष्ठको प्रस्तुतिमा रघुवेन्द्र कार्की निर्माता रहेको 'तिम्रो कसम' मा सुभाष मेचे, पुजना स्त्री, सुनील थापा, मुकुन्द किशोर भट्टराय शान्ति राना, सुरवीर पण्डित, अमिर गिरी, दिलिप आचार्य, सुरज चापागाईं (बान्द्रे) एवं लक्ष्मीनाथ शर्मा सहित बालकलाकारहरु नीता महर्जन र भुपेन्द्र पुनले अभिनय गर्दैछन् । विकास चौधरीको संगीतमा शंकर अधिकारी (घायल) र कुमार विवाहितका गीत, हरिनारायण चौधरीको छायाँकन, देव महर्जनको द्वन्द्व निर्देशन यस चलचित्रमा रहने छ । चलचित्रका लेखक एवं निर्देशक दिनेशराज शर्मा रहेका छन् ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.