कहिले दिमाग भएका कलाकार नभेटेर टेन्सन, कहिले छायाँकनका समय मौसमले च्यालेञ्ज दिँदा टेन्सन, कहिले लोकेशन नभेटिंदा टेन्सन त कहिले कलाकार समयमा नआइदिंदा टेन्सन । भर्खरै मात्र छायाँकन सकिएको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' का निर्माता प्रदिप उदय यिनै बिबिध कारणले उब्जिएका टेन्सनको भुमरीमा छन् ।टेन्सन थपिने क्रममा उनको पछिल्लो टेन्सन रहेको छ 'बजेट' । अर्थात चलचित्रको बजेट सोचे भन्दा बढि भईदिदा उनी निकै टेन्सनमा छन् । 'मैले त टेन्सन भन्ने चिज नै उपहार लिएर आएको रहेछु जस्तो लाग्न थालेको छ', प्रदिपले भने, 'चलचित्रमा लगानी गरे अनुरूप आम्दानी पनि हुने भईदिएको भए खर्च गर्न डराउँदिन थिएँ तर आम्दानी चार आना खर्च रूपैंया भएपछि टेन्सन भएको हो ।'के कारणले गर्दा बजेट बढ्यो त ? उनी भन्छन्, 'दुई गीतमा कोरसहरू मज्जाले राखेको छु त्यसले बजेट बढाएको छ । यसैगरी लोकेशन र समयाबधिले पनि खर्च बढायो ।' ऋषि लामिछानेले निर्देशन गरेको सो चलचित्रको बजेट १० % ले बढेको निर्माता उदयको भनाई छ । काबिल फिल्मका लागि ब्रदर्श इन्टरटेन्मेन्टको प्रस्तुती रहने सो चलचित्रलाई नारायण कुमार पाण्डे ‘काबिल’, गंगा पौडेल र गोपाल पाण्डेले पनि निर्माण गरेका हुन् ।
पूर्ण रूपमा प्रेमकथामा आधारित रहेर निर्माण गरिएको सो चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, रेखा थापा, मुकेश ढकाल, नीता ढुंगाना, सुनिल थापा, शिबहरी पौडेल, सरोज केसी, राजकुमार, सुशन खड्का र निर्मल शर्माको मुख्य अभिनय हेर्न सकिनेछ । चलचित्रमा महेश खड्काको संगीत, गोबिन्द राईको नृत्य, रोशन श्रेष्ठको द्वन्द तथा संजय लामाको छायाँकन रहेको छ ।














Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.