हाँस्य कलाकार हरिवंश आचार्यले धर्मपत्नी स्व मीरा आचार्यको निधनको चोटमा आफूलाई सहानुभूति र समवेदना प्रकट गर्नेहरूप्रति आभार व्यक्त गरेका छन् । मीराको १३औं दिनको पुण्यतिथिमा विज्ञप्ति प्रकाशित गर्दै हरिवंशले भनेका छन्, 'हामीलाई यति ठूलो चोट पर्दा देशविदेशमा रहेका सम्पूर्ण नेपालीले व्यक्त गरेका समवेदना र सहानुभूतिप्रति मेरा छोराहरू त्रिलोक र मोहित तथा मित्र मदनकृष्ण श्रेष्ठका तर्फबाट आभार जनाउँछु ।' आफ्नी धर्मपत्नीको शोकमा डुबेका आचार्यले मीरा आफनो प्रगतिको एउटा पाटो भएको बताउँदै विज्ञप्तिमा उनले लेखेका छन्,' मेरो प्रगतिको अर्को पाटो मेरी जीवनसाथी श्रीमती मीरा आचार्यको मस्तिष्क पक्षघात भई चिकित्सकहरूले अथक प्रयास गर्दागर्दै निधन भयो।’ देशका लागि केही परोपकारी काम गर्न सके मेरी दिवंगत श्रीमतीप्रति साँचो श्रद्धाञ्जली हुने ठानी लोकहितको काम गर्ने कोसिस गरी नै रहने कुरा समेत उनले बिज्ञप्तिमा लेखेका छन् ।दिवंगत मीराका दुवै आँखा दान गरिएको बताउँदै आचार्यले भनेका छन्, ''मीराका आँखाका नानीले दुई व्यक्तिलाई संसार देख्न सहयोग गर्न थालेका छन् ।' ४६ बर्षिया मीराको मस्तिष्क पक्षाघातका कारण वैशाख ६ गते उपचारका क्रममा राजधानीको मोडल अस्पतालमा निधन भएको हो । हरिबंशसँग उनको बिबाह वि।सं। २०४० माघ ९ गते भएको थियो ।














Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.