Tuesday, May 10, 2011

जेठ २७ को प्रतिक्षामा दुलही

अहिले नायिका सुमिना घिमिरेको ढुकढुकी निकै बढिरहेको छ । एकातिर उनलाई निकै डर लागिरहेको छ भने अर्का तिर उनी निकै खुसी पनि छिन् । आफूले अभिनय गरेको चलचित्र पहिलो पटक सार्वजनिक हुन लागेकोले उनमा एक किसिमको उत्साह छ । अहिले उनी जेठ २७ गतेको प्रतिक्षामा छिन् ।

नायिका सुमिना रजतपटमा प्रवेश गरेको दुई बर्ष पनि पुगेको छैन । तर उनले करिब दुई बर्षको आफ्नो अभिनय यात्रामा आधा दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनले पहिलो पटक अभिनय गरेको चलचित्र हो 'छबिलाल कन्जुस छैन' । त्यसपछि उनले लगातार रूपमा सडक, जय होस्, किन मायामा, दुलही पापी रात, तिम्रो लागीमा अभिनय गर्न भ्याईन् । अहिले उनी हल्लो प्रकृती नामक चलचित्रको छायाँकनमा व्यस्त छिन् । एउटा पनि चलचित्र रिलिज नभई एक पछि अर्को चलचित्रमा अभिनय गर्न पाउँदा आफूलाई भाग्यमानी कलाकार ठान्ने यि नायिकाको पाँचौ चलचित्र 'दुलही' सार्वजनिक हुँदैछ ।


आफूले अभिनय गरेको चलचित्र पहिलो पटक सार्वजनिक हुना लागेकोले अहिले उनको भुईंमा खुट्टा छैन । महानायक राजेश हमालको दुलही भएर अभिनय गरेको सो चलचित्रको राम्रो चर्चा चलिरहेको र गीतहरू पनि अत्याधिक मात्रामा रूचाईएकोले पनि उनी निकै खुसी छिन् । जेठ २७ गते देशभर एकसाथ सार्वजनिक हुन लागेको सो चलचित्रलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् । ओ.एस.आर. फिल्मसको व्यानरमा हर्षिता केसीले निर्माण गरेको सो चलचित्रमा सुमिनाको साथमा राजेश हमाल, करिष्मा मानन्धर, मुकेश ढकाल, रवि गिरी, सरोज केसी, सुरविर पण्डित, रष्मी भट्ट लगायतका कलाकारहरूले अभिनय गरेका छन् । अष्ट लामाको संगीत रहेको सो चलचित्रमा रामबहादुर बाडे, उदितनारायण झा, साधना सरगम, जाबेद अली, सुनिधी चौहान, संजीवनी र मंजीरा गाँगुलीले स्वर दिएका छन् । चलचित्रका गीतहरू दयाराम पाण्डे र बाबुराम ढकालले लेखेका हुन् भने पार्श्व संगीत दिनेश सुनामको रहेको छ ।

चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अष्ट महर्जनको द्वन्द, पुनम राई, कविराज गहतराज र शंकर बिसीको नृत्य तथा बिपिन मल्लको सम्पादन रहेको छ । सपना, चाहना, संस्कार, त्याग, तपस्या, बलिदान, प्राप्तीहरूको संयोगको रूपमा लिईएको चलचित्र दुलहीको कथा बाबुराम ढकालले लेखेका हुन् । 

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.