Tuesday, April 19, 2011

'हाम्रो माया जुनी जुनीलाई' मौसमको चुनौती

खराब मौसमका कारण चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को छायाँकनमा बाधा आएको छ । समयमै छायाँकन कार्य नसकिंदा चलचित्रका निर्माता प्रदिप उदय निकै चिन्तित छन् । चैत्र ११ गतेबाट छायाँकन शुरू गरिएको सो चलचित्रको खराब मौसमका कारण अहिले सम्म पाँच दिन छायाँकन ब्रेक गर्नु परेको निर्माता उदय बताउँछन् ।

यसरी बेलाबेलामा छायाँकन ब्रेक गर्नु पर्दा चलचित्रको बजेट बढ्ने गरेकोले निर्माता उदय चिन्तित देखिएका हुन् । निर्माता उदय भन्छन्, 'शुरूमा बजेट निर्धारण गरेर छायाँकन शुरू गरिएको हुन्छ तर पछि कुनै न कुनै तरिकाले खर्च बढेकै हुन्छ ।' धेरै लगानी गर्दा पनि लगानी अनुसारको पैसा उठ्ने सम्भावना न्यून रहेकोले पनि आफू चिन्तित भएको उनको भनाई छ । यधपि उनी आफ्नो चलचित्र सफल हुनेमा ढुक्क छन् । उनी भन्छन्, 'कर्चखर्च बढे पनि मेकिङमा कुनै कन्जुस्याईं गरेको छैन । युनिट सबैको राम्रो साथ र सहयोग पाएको छु । त्यसैले चलचित्र राम्रो बन्ने कुरामा ढुक्क छु ।'

ऋषि लामिछानेले निर्देशन गरिरहेको सो चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । पूर्ण रूपमा प्रेमकथामा आधारित रहेर निर्माण गरिएको सो चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, रेखा थापा, मुकेश ढकाल, नीता ढुंगाना, सुनिल थापा, शिबहरी पौडेल, सरोज केसी, राजकुमार, सुशन खड्का र निर्मल शर्माको मुख्य अभिनय हेर्न सकिनेछ । काबिल फिल्मका लागि ब्रदर्श इन्टरटेन्मेन्टको प्रस्तुती रहने सो चलचित्रलाई नारायण कुमार पाण्डे 'काबिल', गंगा पौडेल र गोपाल पाण्डेले निर्माण गर्दैछन् ।

चलचित्रमा महेश खड्काको संगीत, गोबिन्द राईको नृत्य, रोशन श्रेष्ठको द्वन्द तथा संजय लामाको छायाँकन रहेको छ । अहिले चलचित्रको छायाँकन काठमाण्डौ वरपरका स्थानहरूमा भईरहेको छ ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.