Wednesday, April 20, 2011

हरिवंश पत्नी मीराको अन्त्यष्टि

हास्यअभिनेता हरिवंश आचार्यकी धर्मपत्नी मीरा आचार्यको उपचारका क्रममा मंगलबार काडमान्डौं मोडल हस्पिटलमा निधन भएको छ । उहाँलाई मष्तिस्क पक्षघातका कारण चारदिन अघि अस्पतालमा भर्ना गरिएको थियो । ४१ बर्षीया आचार्यको सोमबारदेखि स्वास्थ्य अवस्था चिन्ताजनक बनेको परिवार स्रोतले जनाउँदै आएको थियो । यता उपचारमा सँलग्न चिकित्सकहरुले आचार्यको अवस्था स्थिर रहेको बताउँदै आएका थिए । उहाँको निधन मंगलबार नै भएपनि परिवारको आग्रहमा उक्त खबर बाहिर ल्याईएको थिएन । आचार्यलाई अक्सिजन दिएर हस्पिटलको आइसियुमा राखिएको थियो । यसैबिच अहिले पशुपति आर्यघाटमा आचार्यको शवलाई दाहसँस्कार गरिदै छ । आफ्नी आमाको स्वास्थ्य अवस्थाका सम्बन्धमा थाहा पाएर उहाँको ज्येष्ठ सुपुत्र त्रिलोक पनि अमेरिकाबाट बुधबार बिहानै नेपाल आईपुगेका थिए । दिवँगत आत्माको चिरशान्तिको कामना ब्यक्त गर्न र शोकमा डुबेका परिवारलाई समवेदना ब्यक्त गर्न कलाकार, सर्वसाधारण र शुभचिन्तकहरुको आर्यघाटमा उपस्थिति रहेको छ । अब्रोड नेपाली  परिवार दिवँगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.